शैक्षिक गुणस्तर सुधार गर्न रघुगंगामा प्रअ र अध्यक्षहरुको बृहत छलफल सुरु

0

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले बृहत छलफल सुरु गरेको छ । गाउँपालिकाको शैक्षिक नियमावली र शैक्षिक योजनामा समेटीनुपर्ने बिषयहरुको पहिचान गर्न र गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आईतवारदेखि सुरु भएको छलफल ४ दिनसम्म जारी रहने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

बृहत शैक्षिक छलफलका लागी गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित अनुशिक्षण कार्यक्रममा प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई विद्यमान शिक्षा निति, समसामयिक कानुनको बारेमा जानकारी गराईने छ ।

सो कार्यक्रममा गाउँपालिकाभित्रको शैक्षिक अबस्था, समस्या र चुनौतिहरुको बारेमा समेत छलफल गरिने प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनुभयो । मुक्तिधाम मावि भगवती सं्रोत केन्द्रको पुस २२ र २३ गते तथा अमर मावि पाखापानी स्रोत केन्द्र अन्र्तगतका विद्यालयहरुको २४ र २५ गते गरि दुई चरणमा हुने छलफलमा ७४ जनाले सहभागीत जनाउनेछन् ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता कृष्णराज पन्त, कानुन व्यवसायी ठहर बहादुर भण्डारी, प्रमुख प्रशासकृत अधिकृत रमेश थापा, गाउँपालिकाका शिक्षा संयोजक बालकृष्ण उपाध्याय, स्रोत व्यक्ति दुतप्रसाद गर्वुजा लगायतले सहजीकरण गर्नुहुनेछ । सो कार्यक्रममा शिक्षा क्षेत्रमा बिषय विज्ञेता हाँसिल गरेका व्यक्तिहरुलाई समेत सहभागी गराएर शैक्षिक गुणस्तर सुधारको लागि बृहत छलफल गरिने र शिक्षा क्षेत्रका समस्याहरु पहिचान गर्न सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो ।

४ दिने अनुशिक्षण कार्यक्रमको जिल्ला न्यायधिवक्ता पन्त, गाउँपालिका अध्यक्ष भण्डारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । गापा अध्यक्ष भण्डारीको अध्यक्षता,स्रोत व्यक्ति गर्वुजाको स्वागत र शिक्षा संयोजक उपाध्यायको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत थापाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।