मृगौला पीडित छन्त्याललाई यूकेबाट आर्थिक सहयोग

????????????????????????????????????

दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका म्याग्दीका एक यूवालाई यूकेबाट १ लाखभन्दा धेरै आर्थिक सहयोग भएको छ । मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्याललाई धौलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालको नेतृत्वमा त्यहाँ रहेका छन्त्याल समुदाय र अन्य सहयोगी महानुभावबाट १ लाख ३ हजार सहयोग संकलन गरिएको थियो ।

मल्कबाङ समाज युकेका अध्यक्ष समेत रहेका छन्त्यालको नेतृत्वमा युकेमा संकलन भएको उक्त सहयोग रकम आईतवार बेनीमा आयोजित एक कार्यक्रमका ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, अभियानका सदस्य लालकुमार रोका र पिडित छन्त्यालकी आमा सितालाई पत्रकार कमल खत्रीले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

मृगौलाले काम नगरेको जानकारी पाएलगत्तै स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले उपचारमा सहज भएको छन्त्यालकी आमा सिताले बताईन् ।उनले उपचारको प्रक्रियामा समेत ओमकुमारी शान्ति कोषले गरेको सहयोगले सहज भएको बताउँदै सहयोगीलाई धन्यवाद दिईन् ।आर्थिक अभावले उपचारमा समस्या भएपछि सुरेश बचाउ अभियानमा अहिलेसम्म करिब २९ लाख संकलन भएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । हाल काठमाण्डौको टिचिङ अस्पताल काठमाण्डौंमा उपचार गराइरहेका छन्त्यालको मृगौला प्रत्यारोपणको तयारी भइरहेको छ।