म्याग्दीको अति विकट गूर्जामा यो सिजनकै पहिलोपटक हिमपात भएको छ ।केहीदिन देखि मौसममा बदलीसंँगै अत्याधिक चिसो बढेसंगै आइतबार रातीदेखि हिमपात सुरु भएको हो । हिमपातले गूर्जा बस्तीका साथै आसपासका अग्ला डाँडा सेताम्मे भएको स्थानीय भिममायाँ छन्त्यालले बताईन् ।

उनका अनुसार एकदिन अगाडीसम्म सुख्खा देखिने डाँडाहरु हिँउले भरिभराउ भएपछि हिउँको सेतो घुम्टोमा बेहुली झै सिंगारिएको बताईन् । ‘जनजीवन सामान्य छ,‘हिमपाताले कृषक उत्साहित छन’ भिममायाँको भनाई उद्धित गदैं वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रबक्ता झकप्रसाद छन्त्यालले बेनीअनलाइनलाई भने ।

उनका अनुसार खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगाएतका बालीका लगि पुस, माघमा हिमपात आवश्यक भएकाले पनि हिमपातले खेतीबालीलाई रााम्रो हुने भएकाले कृषक उत्साहित भएको बताए। गूर्जाका साथै छिमेकी लुलाङ र मुना तथा बागलुङ र रकुम जिल्लाको सिमानामा समेत बाख्लो हिमपात भएको छ ।हिमपातका कारण स्थानीयलाई आवतजावतमा समेत समस्या भएको जनकल्याण मावि गुर्जाका ब्यवस्थापन समिति अध्यक्ष गुनराम छन्त्यालले बताए ।

उनका अनुसार पहिलोपटकको हिमपातले पैदलमार्गमा समस्या भएको बताए ।तिन महिना बाक्लो हिमपात हुने गरेको छ ।समुद्र सतहबाट ३ हजार ३ सय २० फिट उचाईमा अवस्थित गुर्जामा करिव डेढ फिट हिउँ परेको स्थानीयले बताएका छन् । जिल्लामा लुकेको बस्तीको रुपमा समेत चिनिने गूर्जा, चुरेन र पुथा हिमाल आसपासमा क्षेत्र हिउँले सेताम्मे भएकाको दृष्य हेर्न लायकको देखिन्छ ।

एउटै बस्तीमा एक सय ४२ घरपरिवारले बसोबास गर्ने गुर्जाबासीले जाडोयाममा निकै कष्टकर जीवन विताउनुपर्ने स्थानीय प्रेम छन्त्यालले बताए । उनका अनुसार पशुपालन, जडिबुटी,मकै, आलु र जौको यहाँका प्रमुख उत्पादन भएको उनले बताए । अत्याधिक चिसोका कारण खर्कमा रहेका पशुचौपायालाई समेत बस्तीमा ल्याइएको छ । यसैविच म्याग्दीको उच्च हिमाली भेगमा परेको हिमपातले जनजिवन प्रभावित बनाएको छ । सिमसिम पानी संगै गुर्जा, मुदी, चिमखोला, दाना, नारच्याङ लगाएतका हिमाली बस्तीमा समान्य हिमपात भएको छ ।
फाईल तस्वीरहरू