बेनी नगरपालिकाले तातोपानी कुण्डको डिपिआर बनाउने

0

बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्डमा नीजि क्षेत्रको लगानी आर्कषित गर्ने प्रयासमा रहेको बेनी नगरपालिकाले कुण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने भएको छ । स्वदेश तथा विदेशमा समेत कुण्डको ब्यापक प्रचारप्रचार हुन थालेपछि नगरपालिका भित्रको आर्कषक गन्तब्यको रुपमा थप विकास गर्ने गरी डिपिआर बनाएर काम गरिने भएको हो ।

सोमबार नगरपालिकामा शहरी विकास तथा भवन निर्माण विभागसंग सहकार्य गरी नगरक्षेत्रका रणनीति बनाउन आयोजितदिर्घकालीन सोच निर्धारण कार्यशाला तथा रणनैतिक योजना कार्यक्रममा कुण्डको डिपिआरलाई समेत प्राथमिकता दिइएको नगरपालिकका प्रबक्ता रामकृष्ण बराईलीले बताए ।‘यो नीजी क्षेत्रलाई सुम्पिनका लागी होईन्,‘तातोपानीमा आवश्यक पूर्वाधारलाई आधार बनाएर बनाउन लागिएको हो’ बराईलीले भने ।

नीजी क्षेत्रको लगानीको चासोलाई नकारत्मक भन्दा पनि आवश्यकता परेको क्षेत्रमा नीजी क्षेत्रसंग सहकार्य गरिने बताए । उनले कुण्डमा करिव ३० देखि ३५ करोड अनुमान गरिएको डिपिआर बनाउन योजना रहेको बताए । मुख्य कुण्ड सहित पानीको संरक्षण, बजार क्षेत्रको कटान सहित विभिन्न आधारहरुमा रहेर तयार गरिने बताए । नगरपाालिकाभित्रका सबै वडामा रहेका रणनीतिक योजनाहरु मध्ये प्राथमिकतामा परेका योजनामा केन्द्रित भएर छलफल गरिएको थियो ।

सोही अवसरमा पर्यटन, धार्मिक क्षेत्रलाई सहज हुने गरी पूर्वाधार बनाउनेपर्नेमा सरोकारवालाले समेत जोड दिएका थिए । तातोपानी क्षेत्र म्याग्दी नदीको कटानका कारण पनि जोखिममा रहेको र बजार क्षेत्र भासिएको समस्यलाई समेत डिपिआरमा समेटिने छ ।कृषि, पर्यटन र पूर्वाधारलाई मुख्य आधार बनाएर सम्रग नगरपालिकालाई समेट्ने गरी रणनीति बनाउने क्रममा तातोपानीलाई समेत प्राथमिकतामा राखिएको छ ।

ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, नसा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोगको निको कुण्डमा हालसम्म सिमित सरकारी बजेट बाहेक कुण्डकै आम्दानीबाट पूर्वाधार विस्तार गरिएको छ । वीरेनून र गन्ध (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । कुण्डको आम्दानीको २५ प्रतिशत बेनी नगरपालिकाले समेत लैजाने गरेको छ । कुण्डको आम्दानीमा नगरपालिकाको नजर भएपनि पूर्वाधारमा अपेक्षा गरेअनुसारको बजेट विनियोजन नभएको गुनासो आउने गरेको छ ।