थकाली युवा परिवारद्धारा आगोलागी पिडितलाई सहयोग

0
177

थकाली युवा परिवार बेनीले मालिका गाउँपालिका ५ जुक्जाको आगोलागि पिडित चेतनारायण शेरचनलाई राहत सहयोग गरेको छ । थकाली सेवा समिति बेनीको कार्यालयमा आयोजित कार्यक्रममा परिवारका अध्यक्ष दिलीप गौचन, उपाध्यक्ष तेजिन्द्र शेरचन लगायतले सोमबार शेरचनलाई परिवारको तर्फबाट १६ हजार ६०० रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।गत मंसिर ६ गते भएको आगोलागीबाट जुक्जा स्थित शेरचनको घर ध्वस्त भएको थियो ।