बेनी नगरपालिकाले दिर्घकालिन रणनीति बनाउँदै, यी हुन प्राथमिकताका क्षेत्र ?

0

बेनी नगरपालिकाले ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्बृद्ध बेनी नगरको आधार’ भन्ने मुल नारा तय गदैं नगर क्षेत्रमा रणनीतिक योजनाको छनौट गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागसंग सहकार्य गरी सोमबार नगरपालिकाको सभाहलमा आयोजित दिर्घकालीन सोच निर्धारण कार्यशाला तथा रणनैतिक योजना कार्यक्रममा कृषि, पर्यटन र पूर्वाधारलाई मुख्य आधार बनाएर सम्रग नगरपालिकालाई समेट्ने गरी रणनीति बनाएको हो ।

नगरबासीको जीवनस्तर उकास्ने गरी कराडौंको लागतमा पर्यटन, सडकमा आवश्यक पूर्वाधार तथा कृषि क्षेत्रको सम्भावनालाई उजागर गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने दिर्घकालीन योजनाको छनौट गरिएको बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले बताए । उनका अनुसार नीजी क्षेत्रबाट समेत जिल्लाका पर्यटन तथा विभिन्न योजनामा लगानीको आवश्यकतालाई मध्यनजर गरी नगरकार्यकालिकाले आन्तरिक गृहकार्य समेत गरिरहेको अवस्थामा ३० करोड माथिका योजनाहरू छनौट गरिएको बताए ।

नगरप्रमुख हरिकुमार श्रेष्ठले दिर्घकालिन सोचले नै समृद्ध नगरपालिका बनाउन सकिने बताए । छलफलमा नेकपाका जिल्ला नेता हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मी, राप्रपाका अध्यक्ष बीरबहादुर थापा, नगरकार्यकालिकाक सदस्य लगाएत विज्ञ समुहको तर्फबाट डा. केदार दाहाल लगाएत परामर्श समुहका प्रतिनिधिकह्रुको उपस्थिती रहेको थियो । यसैबीच नगरपालिकाले ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ समृद्ध बेनी नगरको मुल आधार’भन्ने मुख्य नारा तय गरेको छ ।

दिर्घकालिन रणनीतिका योजनामा परेका क्षेत्र
नगर क्षेत्रका सबै वडामा रहेका सम्भावनाका बारेमा छलफल भएको थियो । वडा नं १ देखि १० सम्म आवश्यक पर्ने योजनाहरु मध्ये केही दिर्घकालिन उदेश्यका योजनाहरुलाई समेट्नुपर्नेमा जोड दिइएको थियो । परामर्शदाताको समेत उपस्थिती रहेको छलफलमा बेनी–अर्थुङ्गे–घतान–पाल्लेखेत,बेनी–अर्थुङ्गे– पुलाआश्रम– पुलाचौर र बेनी–बगरफाँट– भकिम्ली–स्वर्गाआश्रम सडक सडक, प्रसिद्ध प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड,बेनी–पुलाआश्रम केवलकार लगाएत आधादर्जन योजना छनौटमा परेका छन् ।

प्रस्ताव गरिएको तीनवटा सडकमध्ये एकलाई छनौट गरिने छ । वडा नं ७ बेनीबजारभित्र चिल्डे«न पार्क, वडा नं ८ मा जेष्ठ नागरिक दिवा आश्रम समेत रहेको छ । आपाँरुखमा रामायण पार्क र पुलाआश्रममा रावण पार्क, कालिपुल बसपार्क नगरको गौरवका योजनाका रुपमा अघि बढाउन डिपिआर तयार गरी दिर्घकालिन योजनामा समावेश गरी ३० करोडसम्मको लागत प्रस्ताव गरिएको छ । यसअगाडी कालिपुल बसपार्कको डिपिआर तयार भइसकेको अवस्थामा सोही अनुसार काम गरिने बताइएको छ । रणनीतिक योजना अन्तरगत पर्यटकीय तथा धार्मिक क्षेत्रमा पूर्वाधार, निजी क्षेत्रलाई लगानीको क्षेत्र पहिचानलाई पनि प्रमुख आधार बनाइएको छ ।