कुवेतमा दुवै मृगौलाले काम नगरेपछि एक म्याग्देली अलपत्र

0

बैदेशिक रोजगारको सिलसिलामा कुवेतमा पुगेका एक म्याग्देलीको दुवै मृगौलामा खरावी आएपछि अलपत्र परेका छन् । अन्नपूर्ण गाउँपालिका – ५ किन्दु शिखका ५२ बर्षिया छम बहादुर रन्तिजाको दुवै मृगौलामा खरावी आएपछि कुवेतैम अलपत्र परेका हुन् । करिव २२ बर्ष अगाडी कुवेत पुगेका रन्तिजा कार्यरत कम्पनीले ५ महिनादेखि तलब समेत नदिएको बताए ।‘मैले तलब पाएको छैन्,‘दुवै मृगौलाले काम नगरेपछि कम्पनीले पनि वास्ता गरेको छैन’ रन्तिजाले भने ।

उनले आफ्नो उपचार तथा घर फर्किन आवश्यक आर्थिक नहुदाँ समस्या भएको बताए । आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थामा त्यहाँ कार्यरत म्याग्देलीले पहल गरेका छन् । यता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम बहादुर पुनमार्फत उद्धारको पहल भइरहेको छ । अध्यक्ष पुनका स्वकिय सचिव सुरेन गुरूङले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार पीडितको घर पहिचानको प्रयास भइरहेको बताए । उद्धार गरी नेपालमा उपचारको पहल हुने उनले बताए । मंगला गाउँपालिका बावियाचौर खुम्ल्याकी ५० बर्षिया मृगौला पिडित टिका कुमारी शर्माको उपचारमा कतारमा रहेक नेपालीले आर्थिक सहयोग गरेका छन्।

कतारमा रहेका कृष्ण केसीको संयोजकत्वमा ५० हजार १२५ आर्थिक सहयोग संकलन गरिएको हो । खुम्ल्या स्थायी घर भई हाल चितवनमा बस्दै आएका केसीले केहीदिनको प्रयासमा उक्त सहयोग संकलन गरेका थिए । परिवारको अवस्था समेत नाजुक हुनसक्ने भन्दै शिखबासीलाई उपचारका आर्थिक सहयोग जुटाउन अभियानको सुरुवात गर्न समेत अपिल गरिएको छ । थप जानकारीका का लागी : 96598771872