शालिग्राम संग्राहलयमा हजारौं पर्यटक आउनेछन-ऋषि प्रपन्नाचार्य

0

सर्वसिद्धिधाम पञ्चकोटका प्रतिनिधि अध्यक्ष तथा शालिग्राम संग्राहलय निर्माण अभियानका अगुवा ऋषि प्रपन्नाचार्यले धर्म, संस्कृति र कलाको संरक्षणका लागि शालिग्राम संग्राहलय बनाउन थालिएको बताए । धौलागिरी संचार क्लबको कार्यक्रममा बोल्दै प्रपन्नाचार्यले कालीगण्डकीमा शालिग्राम नष्ट हुने क्रम बढेको र घरघरमा संरक्षण गर्ने, पूजा गर्ने चलन हटेकोले संरक्षणमा जुट्नुपरेको बताए। बागलुङ नगरपालिका ४ को कुंडुलेमा एकलाख शालिग्राम संग्रह गर्ने गरी संग्राहलय निर्माण थालिएको छ ।

यो अभियानमा करोडौ रुपैयाँ लाग्ने भएपनि अहिलेसम्म दान, मुठीकै भरमा निर्माण भैरहेको हो । ‘जोगीले झोली थापेर धर्म संस्कृति संरक्षणको अभिायन थालेको छु, त्यसमा संचार क्षेत्रले प्रचार प्रसार गरेर धेरै साथ दिनुभएको छ’ प्रपन्नाचायईले भने, ‘यो अभियानलाई पूर्णता दिने भनेर लागेको छु,राज्यका निकायको पनि सहयोग पाउन सकियो भने धार्मिक गन्तव्य बनाउन सकिनेछ । कालिका भगवती मन्दिर जस्तै पञ्चकोट र शालिग्राम संग्राहलयमा पनि हजारौं पर्यटक लैजान सकिने उनले वताए । कार्यक्रम क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता र सदस्य प्रदिप पन्तको संचालनमा सम्पन्न भएको थियो ।