प्याजको प्रयोग सुन्दरता बढाउन प्रयोग गरिन्छ भने सायदै मानिसले पत्याउँछन् होला। तर, प्याजको प्रयोग गरेर छाला स्वस्थ राख्न सकिन्छ। ब्युटिसियनका अनुसार प्याजको रसले यस्तो औषधीय गुण हुन्छ, जसले छालाको त्वचा स्वस्थ राख्न मद्दत गर्छ।

अनुहारको दाग हटाउँछ
अनुहारमा कालो धब्बाले हैरान हुनुभएको छ ? चिन्ता नलिनुस्। प्याजको रसमा कागती वा दही मिलाएर अनुहारमा लगाउनुस्, कालो धब्बा हटेर जान्छ। यसका लागि चम्चाको एक चौथाइ प्याजको रस र सोही बराबर कागतीको रस मिलाएर अनुहारमा लगाउनुस्। र, १०–१५ मिनेटपछि अनुहार धुनुस्। केही दिनपछि अनुहारको कालो धब्बा हटेर जान्छ।

मस्सोबाट छुटकारा
ताजा तुलसीको पात र प्याजको पेस्ट बनाएर मस्सो भएको छालामा लगाएर तीन घन्टा छोड्नुस्। र, पानीले सफा गर्नुस्। केही दिनपछि छालाको मस्सोपना हटेर जान्छ।