१५ सय मिटर दौडमा प्रभा माविलाई स्वर्णपदक

अन्नपूर्ण गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा नारच्याङको प्रभा माविले स्वणपदक जित्दै विजय सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेल अन्तरगत आयोजित १५ सय मिटर दौड प्रतियोगितामा प्रभा माविकी किस्मा तिलिजाले स्वणपदक जितिन् । दौडमा शिख माविकी रेखा पूर्जा रजत र प्रभाकै सुस्मीता तिलिजाले कास्य पदक हात पारेकी थिईन् । विजेतालाई प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, गाउँपालिका उपाध्यक्ष केशमायाँ मगर, प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढामगर लगाएतले पुरस्कार वितरण गरेका थिए ।

मंगलबार नै सम्पन्न भएको पुरुष भलिबलको पहिलो खेलमा शिख माविलाई पराजित गदैं मुक्तिमार्ग मावि विजय भएको छ । त्यस्तै महिला कवडीमा दोवाको कैशाल माविले टिकोट माविलाई पराजित गरेको आयोजकले जनाएको छ । बुधबार विहान महिला भलिबल सहित अन्य विधाका खेल सञ्चालन हुनेछन् । गाउँपालिकाको आयोजनामा वडा नं ३ दानाको ज्ञानप्रकाश माविमा मंगलबारदेखि सुरू भएकोअन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका १० विद्यालयको सहभागिता रहेको छ।