उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको प्रभा माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकले जन्मदिनको अवसरमा विद्यालयमा अध्ययरत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरेका छन् । चितवन भरतपुर महानगरपालिका १३स्थायी घर भई हाल प्रभा माविमा गणित विषयका शिक्षक लोकनाथ बरालले जन्मदिनमा गरिने अनावश्यक खर्चलाई निरुत्साहित गर्न विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीहरुलाई लत्ताकपडा र कापीकलम वितरण गरेका हुन् ।

‘धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर मनाउनुभन्दा शैक्षिक साम्रागी वितरणलाई रोजे,’‘हरेकबर्ष विद्यार्थीसंगै जन्मदिन मनाउनेछु’ बरालले भने ।उनका अनुसार आफ्नो विषयसंग सम्बन्धि साम्रागी सहयोगले विद्यार्थीलाई समेत उत्साह थपिएको बताए । उनले विगतमा जन्मदिन बाहेक पनि शिक्षक शिक्षिकालाई झोला र विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष चन्द्रप्रसाद फगामी, बिब्यस अध्यक्ष रुमलाल पुन, प्रधानध्यापक भगवान बहादुर कार्कीले हरेक शिक्षकले जन्मदिनको अवसरमा विद्यालयमा सहयोगले विद्यार्थीलाई सहज भएको बताए । शिक्षक बरालले यसअगाडी करिव ३० हजार बराबरको सहयोग गरेका थिए । उनले एक महिनाको तलबलाई जन्मदिनको अवसरमा खर्च गर्ने बताए ।