मंगला गाउँपालिकोका चौथो गाउँसभामा चालु र पूँजीगत बजेट बाँडफाँड गरिएको छ । बुधबार गाउँपालिकामका सम्पन्न भएको गाउँसभाले कुल १४ करोड ८८ लाख ४८ हजार ४५२ बजेटलाई पूँजीगततर्फ ९ करोड ९० लाख ३३ हजार र चालु तर्फ ४ करोड ९८ लाख १५ हजार ४५२ विनियोजित गरिएकोसुचना अधिकारी राजेन्द्र आचार्यले बताए ।

उनका अनुसार कृषि शाखा तर्फ २५ लाख र भेटेनरी २३ लाख ४५ लाखको बजेट समेत स्वीकृत गरिएको थियो । गाउँसभाको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कृषि, पर्यटनको क्षेत्रलाई प्राथमिकता दिने गरी तयार गरिएको योजनालाई कार्यान्वयनमा जोड दिएका थिए ।उनले विकास निर्माणसंगै गाउँपालिकाले सुरु गरेका दिर्घकालिन योजना पुरा भएमा समृद्ध मंगला बनाउन सकिने बताए । गाउँसभाले सडकको मापदण्ड समेत तोकेको छ ।

तोकिएको मापदण्ड अनुसार सडक आसपासमा संरचना बनाउन समेत निर्देशन दिएको छ। सभाको अध्यक्षता रोका, स्वागत प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र सञ्चालन सुचना अधिकारी राजेन्द्र आचार्यले गरेका थिए । गाउँकार्यपालिका सदस्यको उपस्थिती रहेको सभामा बजेट कार्यान्वयनको अवस्थाका साथै वडास्तरमा भइरहेका गतिविधिका बारेमा समेत छलफल भएको उपाध्यक्ष सृजना केसीले बताईन् ।