अन्नपूर्णको प्रथम राष्ट्रपति रनिङ्ग: छात्रा कवड्डीको उपाधी प्रभा माविलाई

उत्तरी म्याग्दीमा अवस्थित अन्नपूर्ण गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता अन्तरगत छात्रा तर्फको कवडी प्रतियोगिताको उपाधी नारच्याङको प्रभा माविले जितेको छ । बिहिबार सम्पन्न फाइनल खेलमा समेत कैलाश मावि दोवालाई पराजित गदैं प्रभाले खेल जितेको थियो ।

निकै घम्साघम्सी खेलमा प्रभाव खेलाडीको रफ्तारलाई रोक्ने धेरै प्रयास गरेपनि असफल भएका थिए । प्रतियोगितामा कवड्डी खेलको छात्रा तर्फको उपाधी जित्दै प्रभाले ४२ अंक जोडेको छ।त्यस्तै उपविजेता कैशालले २१ अंक प्राप्त गरेको छ । प्रतियोगिताको सम्रग खेलमा प्रथम हुन कवड्डीको अंक निकै आर्कषक मानिन्छ । विगतमा जिल्लास्तरमा हुने खेलमा समेत कवड्डीमा प्रभाले सानदार खेल प्रर्दशन गर्ने गरेको थियो ।

छात्र तर्फको कवड्डी खेलमा प्रभा मावि र सर्वोदय माव तातोपानी फाइनलाम प्रवेश गरेका छन्। त्यस्तै बिहिबार सम्पन्न छात्रा भलिबलको फाइनला ज्ञानप्रकाश माव दाना र शिख मावि प्रवेश गरेका छन् । छात्र तर्फ ज्ञानप्रकाश मावि दाना र मुक्तिमार्ग मावि घार प्रवेश गरेका छन् । शुक्रबार दिनभरी प्रतियोगिताका बाँकी खेल सञ्चालन हुने छन् ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्सका साथै विभिन्न १५ वटा विधाका खेल सञ्चालन हुने श्रोतब्यक्ति भरत पुनले बेनीअनलाइनलाई बताए । प्रतियोगितामा बिजेताले रनिङ्ग कप, मेडल र प्रमाणपत्र सहित ५० हजार रुपैयाँ नगद, उपबिजेताले २५ हजार रुपैयाँ र तितृयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
फाईल तस्वीर