गण्डकी प्रदेशका कम भत्ता बुझ्नेमा परिन् सामाजिक विकासमन्त्री पुन

गण्डकी प्रदेशका मन्त्रीले जिल्ला भ्रमण बापत सरकारी कोषबाट कम भत्ता लिनेमा सामाजिक विकासमन्त्री नरदेवी पुन परेकी छन् । राज्यकोषबाट मनपरी भ्रमण भत्तामा खर्च गर्ने गरेको चर्को आलोचना भइरहेको अवस्थामा म्याग्दीको प्रदेश ख बाट निर्वाचित भएकी मन्त्री पुनले साउन महिनायता मन्त्रीहरुमा सबैभन्दा कम भत्ता बु्झेको देखिएको छ ।

मन्त्री पुनले भनदा अन्य मन्त्रीका स्वकीय सचिवले धेरै भत्ता बुझेका छन् । साढे ८ लाख रुपैयाँ भन्दा बढी रकम भत्तामै खर्चिएको गण्डकी प्रदेशको सार्वजनिक भएको विवरणमा मन्त्री पुनको जम्मा २० हजार रुपैयाँ रहेको छ । प्रदेशभित्रका जिल्लाहरुमा कार्यक्रम तथा म्याग्दीका जिल्ला तथा पश्चिम म्याग्दीका गाउँपालिकास्तरीय कार्यक्रमहरुमा महिनामा पटकपटक आउने गरेकी पुनले जिल्लाको भ्रमणको जानकारी गराउने गरेपनि भ्रमण फारमको चासो नदेखाउने गरेकाले पनि कम भत्ता बुझ्ने मन्त्रीमा परेको हुनेसक्ने सचिवालयले जनाएको छ ।

पूर्व पशु विकास राज्यमन्त्री समेत रहेकी पुनले साउन देखी मंसिरसम्म म्याग्दी सहित प्रदेशका विभिन्न जिल्लामा समेत पुगेकी थिईन् । सामाजिक विकास मन्त्रीका पिए वेगप्रसाद गर्जुबाले ९ हजार रुपैयाँ भत्ता बुझेका छन् ।मन्त्री र उनका स्वकीय सचिवलाई सरकारले गएको साउनयता भ्रमण भत्ता स्वरुप उपलब्ध गराएको प्रदेश मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको विवरणमा सबैभन्दा धेरै मुख्यमन्त्री गुरुङको भ्रमण भत्तामा २ लाख ९ हजार २५ रुपैयाँ खर्च भएको छ ।
तस्वीर अन्नपूर्ण पोष्ट दैनिक