नारी जागृति सहकारीको अध्यक्षमा बानियाँ

नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा चिना बानियाँ निर्वाचित भएकी छिन् । ‘बचत गर्ने बानी बसालौं, शित उभाई घैला भरौं’ भन्ने मूल नारासहित सहकारीको शनिबार बेनीमा सम्पन्न १९औं साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।सहकारीको उपाध्यक्षमा देवी आचार्य, सचिवमा दिलमाया बिटालु, कोषाध्यक्षमा दुर्गा केसी र सहसचिवमा कमला अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा कोपिला केसी, होमकुमारी रेग्मी, कोपिला खड्का, रजिता घिमिरे गौतम, विष्णु घर्ती, कल्पना पौडेल आचार्य, रचना शाही र थुमा खड्का रहेका छन्भने लेखा समिति संयोजकमा पशुपति शाही र ऋण उपसमिति संयोजकमा सोचिना खड्का निर्वाचित भएका छन् ।

संस्थाले गत आर्थिक वर्षसम्म शेयर पुँजी ६१ लाख ४९ हजार सातयस पु¥याएको छ भने लगानी एक करोड २६ लाख ५९ हजार आठसय ५५ र निक्षेप सङ्कलन ८० लाख ५० हजार ६८८ रुपैयाँ भएको जनाएको छ । साधारणसभामा सहकारीका सचिव देवी आचार्यले प्रगति र कोषाध्यक्ष भीमकुमारी बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका ज्येष्ठ शेयर सदस्य डबलदेवी ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको उद्घाटनसत्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य प्रताप बानियाँ र सहकारीका लेखा संयोजक पशुपति शाहीले मन्तव्य राखेका थिए । साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता बालकुमारी पाण्डे, डोलकुमारी शर्मा, असल ऋणीद्वय विश्वलक्ष्मी शाक्य र राजकुमारी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा म्याग्दीका क्रियाशिल पत्रकार एवं रुप्से दैनिक पत्रिकाका सह–सम्पादक प्रताप बानियाँलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष देवी केसी, प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य डबलदेवी ढुङ्गानाले मायाको चिनो प्रदान गरेर पत्रकार बानियाँलाई सम्मान गरेका थिए । त्यसैगरी ज्येष्ठ शेयर सदस्य ढुङ्गानालाई संस्थाका अध्यक्ष केसीले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । कार्यक्रम सहकारीका निवर्तमान अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष चिना बानियाँको स्वागत र सचिव देवी आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।