मोना कतारको नबौं अधिवेशन मार्च ८ मा हुने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कतारको नवौं अधिवेशन आगामी मार्च ८ गते हुने भएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनाको अधिवेशनका लागि उम्मेदवारी दर्ताको मिती सहित अन्य तयारी सुरु गरिएको महासचिव राजु पौडेलले बेनीअनलाइनलाई बताए ।उनका अनुसार जनवरी ११ देखी फेब्रअरी १५ सम्मको समय अवधि तोकिएको छ ।

कतारको सालिमार रेष्टुरेन्टमा हुने अधिवेशन सहितको तयारीका लागी उपसमिति सहित आवश्यक जिम्मेबारी दिईने जनाइएको छ । निर्वाचन अधिकृतको जिम्मेबारी संस्थापक अध्यक्ष प्रेम रसाईलीलाई दिइएको छ । अधिवेशनबाट अध्यक्ष बरिष्ठ उपाध्यक्ष, प्रथम, द्धितिय, महासचि, कोषाध्यक्ष १ जना रहेको छ भने सचिवमा २ जना र सहकोषाध्यक्ष १ जना रहेको तोकिएको छ ।

त्यस्तै ८ जना कार्यसमिति सदस्य चयन गरिने छ । पदाधिकारी र कार्यसमिति सदस्य बाहेक अधिवेशनबाट आवश्यकता अनुसार उपसमिति बनाइने अध्यक्ष रमेश पौडेलले बताए ।उनका अनुसार कतारमा रहेका म्याग्देलीलाई अधिवेशनमा उपस्थितीका लागि अनुरोध गरेका छन् । रोजगारको सिलसिलामा कतारमा पुगेका म्याग्देलीहरु कम्पनीमा काम नहुदाँ समस्यामा परेको हुनसक्ने भन्दै समस्यामा परेका म्याग्देलीलाई सम्पर्कमा आउन समेत मोना कतारले अपिल गरेका छन् । अधिवेशनमा मोना आइसीका अध्यक्ष चक्र बहादुर थापा, संस्थापक अध्यक्ष प्रकाश पुन लगाएतको उपस्थिती रहनेछ ।