प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड ! हेम मावि १० स्वर्ण पदक सहित अगाडी

जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा वडा नं ७ मा अवस्थित हेम मावि सिवाङ १० स्वर्ण पदक सहित अगाडी छ । गाउँपालिकाको आयोजनामा जारी प्रतियोगितामा हेम माविलाई धनजनता मावि फलियाँगाउँले ८ स्वर्णपदक सहित पच्छाइरहेको छ ।

प्रतियोगितामा हेम माविले शनिबार सम्मको खेलमा १० स्वर्ण, ४ रजत, ३ काँस्य पदक प्राप्त गरेको छ । त्यस्तै धनजनता माविले ८ स्वर्ण, ६ रजत र ३ काँस्य पदक सहित दोस्रो स्थानमा छ । मुदीको खिवाङको चन्द्रज्योती मावि २ स्वर्ण, ४ रजत र ४ काँस्य पदक सहित तेस्रो स्थानमा छ । प्रतियोेगितामा किसानी मावि धारापानी १ स्वर्ण, ५ रजत र २ काँस्य सहित चौथो स्थानमा रहेको स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले बेनीअनलाइनलाई बताए ।

????????????????????????????????????

उनका अनुसार प्रतियोगितामा ताकम मावि १ स्वर्ण, १ रजत र ४ काँस्य, लम्सुङ मावि १ स्वर्ण, १ रजत र ६ काँस्य, बुद्धि विकास मावि मुदी १ स्वर्ण, ३ रजत र २ काँस्य पदक, जनविकास मावि मराङ १ स्वर्ण, १ रजत र ३ काँस्य पदक, जनकल्याण मावि गुर्जा ४ काँस्य र जनजागृति मावि मल्कवाङले कुनै पदक जित्न सकेको छैन् ।

प्रतियोगिताको आइतबार समापन कार्यक्रम रहेको छ ।प्रतियोगिताको आइतबार गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको उपस्थितीमा समापन कार्यक्रम गरिने गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए । उनका अनुसार प्रमुख अतिथि पुनको उपस्थितीमा छात्रछात्रा भलिबल फाइनल र ४ सय मिटर छात्रा दौडको फाइलन हुने छ ।प्र

तियोगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्सका साथै १४ विधाका खेल सञ्चालन हुने श्रोतब्यक्ति गिरीप्रसाद छन्त्यालले बताए । प्रतियोगितामा बिजेताले रनिङ्ग कप, मेडल र प्रमाणपत्र सहित ४५ हजार रुपैयाँ नगद, उपबिजेताले ३० हजार रुपैयाँ र तितृयले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुष २६ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले विद्यालयस्तरका खेलप्रतिभालाई उजागर गर्न सहज भएको बताए ।

हेम माविलाई उछिन्न धनजनतालाई सहज

प्रतियोगितामा दुई स्वर्ण पदक सहित अगाडी रहेको हेम माविलाई उछिन्न सक्ने सम्भावना अझै रहेको छ । स्वर्णपदकको आधारमा विजेता तोक्ने मापदण्ड बनाइएपछि प्रतियोगिताको अन्तिम दिनमा धनजनताले खेल्ने भुमिकाले विजेता वा उपविजेतामा आफ्नो स्थान पक्का गर्ने निश्चित छ । प्रतियोगिताको अन्तिम दिनमा भलिबल प्रतियोगिताको छात्रछात्रा प्रतियोगिताको दुवैमा धनजनता फाइनलमा प्रवेश गरेको छ।

छात्र तर्फ धनजनता माविले जनविकास मावि मराङ, र छात्रातर्फ ताकम माविसंग भिड्दैछ । छात्रछात्र दुवैमा धनजनता मावि हावी भएमा दुई स्वर्ण थपिने छ ।जसले उसलाई प्रथम स्थानमा आउन सहज हुने छ । त्यस्तै प्रतियोगितामै ४ सय मिटर छात्रा तर्फको स्वर्णपदकले समेत प्रथम स्थानमा दुई विद्यालय मध्ये एकको स्थान सुरक्षित गर्न सहज हुने छ।