सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न आजदेखि माघे संक्रान्ति मेला लाग्दैछ । म्याग्दी भ्रमण बर्षको समेत अवसर पारी म्याग्दीको प्रमुख प्रवेशद्धार बेनी नगरपालिका ८ कालिपुल बसपार्कमा पुष ३० देखि माघ १ गते सम्म हुने मेलाको गण्डकी प्रदेशकीसामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजना तथा जिल्लाका सबै स्थानीय तहको सह आयोजनामा मेलाको तयारी पुरा भएको मूल संयोजक एवम् महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताईन् ।मेलाको अवसरमा एकल नृत्य प्रतियोगिता, उद्यमशिलता तथा म्याग्दी भ्रमण बर्ष बिषयमा गीत, खुल्ला लोकगित प्रतियोगिता, महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगिता समेत गरिने छ ।

‘उद्योग, ब्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलामा जिल्लाभित्रका पर्यटकीय, धार्मिक लगाएत सम्रग क्षेत्रलाई समेटेर कालिपुलमा स्थापना गरिएको पर्यटक सूचना केन्द्रमा प्रवेश गर्ने पर्यटकलाई डकुमेन्टी प्रर्दशन तथा होटलमा समेत छुटको सुविधा रहेको बताइएको थियो ।