बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले भवन निर्माण सुरु गरेको छ । बेनी नगरपालिका ७ मंगलाघाटमा निर्माण हुन लागेको भवनको सोमबार संस्थाका कार्यवाहक अध्यक्ष बिजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले संयुक्त रुपमा शिलन्यास गर्नुभयो।

शिलन्यास कार्यक्रममा संस्थाका पदाधीकारी, सञ्चालक र कर्मचारीहरुको उपस्थिती थियो । एक करोड रुपैयाँको लागतमा चार तले भवन निर्माण कार्य २०७६ मंसिर महिनाभित्र सम्पन्न गरिने संस्थाका प्रबन्धक धु्रबराज सुवेदीले बताउनुभयो । म्याग्दीकाली एफ एम ८८.२ मेगाहर्ज, केबुल नेटवर्क र इन्टरनेट सेवा प्रवाह गर्दै आएको म्याग्दीकाली सञ्चार सहकारी हाल बेनीको न्युरोड स्थित भाडाको घरबाट सञ्चालन हुदै आएको छ ।