लाली र बसन्तले चिसो सिरेटोमा दर्शकलाई तताए

0

नजिकै रहेको कालिगण्डकी नदीबाट आएको चिसो सिरेटोले दर्शकलाई कपाँइरहेको थियो । छिप्पिदै गएको साँझमा बसपार्कमा बालबालिका देखि बृद्धबृद्धाको जमात निकै ठुलो थियो । चिसो हावालाई शरीरमा लगाएको लुगाले छेक्न मुस्किल परिरहेको अवस्थामा मञ्चमा लोकप्रिय लोकगायिका लाली बुढाथोकी प्रवेशले दर्शकलाई राहत महसुस भयो । चिसो सिरेटोको वास्ता नगरी दर्शक बुढाथोकीको प्रस्तुतीमा झुमेका थिए । लालीको प्रस्तुतीमै केहीबेर यूवाहरू बीचको लफडाले माहोल फरक भएपनि कलाकार स्टेजमा पुग्दा वित्तिकै कालीपुल बसपार्क तातेको थियो ।

केहीबेर लालीले दर्शकले रुचाएका गीत प्रस्तुत गरेसंगै अहिलेका सर्वाधिक लोकप्रिय लोक गायक तथा संगीतकार बसन्त थापा ‘सालको पातको टपरी हुने’ गीतसंगै मञ्चमा पुगेपछि कालिपुल बसपार्कमा धेरै दशर्क बुरुक्क उफ्रिएका थिए ।
बालबालिका देखि बृद्धबृद्धाको जिब्रोमा झुन्डिएको गीतसंगै स्टेशमा पुगेपछि दर्शकले कालिपुल बसपार्क छोपिएको थियो ।सहरदेखी गाउँ तथा संसारभरीका नेपालीको लोकप्रिय गीत प्रस्तुत गरेका थापाको प्रस्तुती दर्शकले निकै मन पराए र तालीले स्वागत गरेका थिए ।

दर्शकको उत्साह देखेर गायक थापाले ‘मत गाउँका ठिटो‘,’उही खोलीको पानी’ जस्ता लोकप्रिय गीत पस्किए ।दर्शकको उत्साहले गायक थापाले थप गीत प्रस्तुत गर्ने जर्मको गरे ।उनलाई आयोजकले समय सकिएको जानकारी गराँदा समेत अन्तिम गीत प्रस्तुत गरे । दर्शकले उनलाई करिव १ घण्टा प्रस्तुतीको अपेक्षा गरेपनि प्रहरीले स्टेजमै पुगेर कार्यक्रमको समय सकिएको जानकारी गराएसंगै थापाले आफ्नो प्रस्तुती विट मारेका थिए । ‘दर्शकको उपस्थितिले उत्साहित भएको छु,‘अझै नयाँ गीतहरुले दर्शकको मन जित्छु’ थापाले भने ।

उनले धवलागिरी भित्रका मेलापर्वमा आफुँले धेरै कार्यक्रमहरुमा सहभागीता जनाउने गरेको बताउँदै आफ्नै भेगकका दर्शकलाई मन पर्ने पञ्चे बाजा सहितका गीतहरुलाई समेत निरन्तरता दिने बताए । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको मूल आयोजना र जिल्लास्थित स्थानीय तहहरुको सह–आयोजनामा माघेसङ्क्रान्ति मेला लगाइएको छ । ‘नेपाली संस्कृतिको संरक्षण गरौं, आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने माघेसङ्क्रान्ति मेलाको आयोजना गरिएको छ ।