मालिका गाउँपालिका ५ देविस्थानस्थीत भिम माविमा विविध कार्यक्रम गरिएको छ । विद्यालयको नयाँ शैक्षिक सत्रदेखि सम्पन्न भएका विविध क्रियाकलापकको पुरस्कार वितरणका साथै दोस्रो त्रैमासिक परिक्षाको नजिता सार्वजनिक गरिएको छ। विद्यालयमा आयोजित कार्यक्रममा स्वर्णजयन्ती तथा चन्दा संकलन अभियानको आयब्यय विवरण सार्वजनिक गरिएको विद्यालयका शिक्षक यामनाथ पौडेलले बताए ।

सोही अवसरमा देविस्थान मैत्रीसंघ यूकेले देविस्थानमा २०७४ सालमा सम्पन्न माध्यामिक शिक्षा परिक्षामा उत्कृष्ट अंक ल्याउने गौवमबस्त माविका छात्रा एलिना घर्तीलाई नगद ५ हजार सहित सबै सामुदायिक विद्यालयमका उत्कृष्ट विद्यार्थीलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष पीपला बुढा, ब्यवस्थापन समितिका अध्यक्ष सु. दिल बहादुर पुन, देविस्थान समाज काठमाण्डौका सह कोषाध्यक्ष कमन बहादुर पुन, विब्यस सल्लाहकार निन बहादुर पुनको विशेष उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

विद्यालयका शिक्षक नर बहादुर विकका स्वागत, शिक्षक प्रकाश सुबेदीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा प्रअ डम्बर बहादु घर्ती मगरले जानकारी गराएका थिए । सोही अवसरमा खुल्ला नृत्य प्रतियोगिता समेत सम्पन्न भएको थियो । प्रतियोगितामा अस्मिता घर्ती, मिलन पुन र पोविना घर्तीको समु्ह प्रथम, अमृता पु्न, कुसुम पुन, मनिष पुन र छममायाँ घर्तीको समुह द्धितिय तथा अमृता घर्ती तृतिय र मेनुका पुनले सान्त्वना हात पारेकी थिईन् ।