दाना मेला : भलिबलको उपाधी भगवती र पाउद्धारलाई

0

उत्तरी म्याग्दीको दानामा आयोजित खुल्ला भलिबल प्रतियोगिताको रघुगंगा गाउँपालिका–२ भगवतीले हात पारेको छ । मंगलबार सम्पन्न भएको भलिबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–६ घारलाई १ का विरुद्ध ३ सेटले पराजित गदैं उपाधी जिेतको हो ।

शैक्षिक, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रर्वधन गर्ने उद्देश्यले शिक्षा विकास कोषको मुल आयोजन तथा वडा कार्यालय र ज्ञानप्रकाश माविको आयोजनामा सञ्चालित मेलाको अन्तिम दिन सम्पन्न महिला भलिबलको उपाधी अन्नपूर्ण गापा–५ शिख पाउद्धारले वडा नं ४ नारच्याङलाई पराजित गरेको हो । प्रतियोगितामा पुरुष तर्फ राखु भगवतीका मनिसजंग ठकुरी र महिला तर्फ दुर्गा पाईजा उत्कृष्ट खेलाडी घोषित भएका थिए। प्रतियोगितामा पुरुषतर्फ विजेताले क्रमश ६५ हजार, ४५ हजार, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै महिला भलिबल विजेता–उपविजेताले क्रमश.५५ हजार नगद, ४५ हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैबीच प्रौड भलिबलको उपाधी हिस्तान र उपविजेता शिख फलाटे भएको दाना यूवा क्लवका सचिव बाबुराम पौडेलले बताए । प्रौड भलिबलको विजेता र उपविजेता ४० हजार र ३० हजार नगद प्राप्त गरेका छन् । प्रतियोगिताका विजेतालाई फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युकेका अध्यक्ष बल पूर्जा, शिक्षा विकास कोषका कोषाध्यक्ष मान गर्बुजा लगाएत प्रायोजकले पुरस्कार वितरण तथा सम्मान गरेका थिए ।