विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

0
239

कठ्याङ्ग्रिने जाडोमा पनि एकसरे लुगा लगाएर विद्यालयमा आउने विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । बेनी नगरपालिका–६ अर्थुङे र जामुनाखर्कका दुई सामुदायिक विद्यालयमा अध्ययरत विपन्न बालबालिकालाई बुधबार एक कार्यक्रम गरी न्यानो कपडा वितरण गरिएको हो ।

आर्थिक अभावकै कारण विद्यालयको पोशाक अन्तरगत सुईटर खरिद गर्न नसक्ने अवस्थाका बालबालिकालाई वडा अध्यक्ष कृष्णबहादुर बानियाँको पहलमा २४ जना बालबालिकालाई करिव १० हजारको सुईटर वितरण गरिएको हो । बुधबार जामुनाखर्क माविका १८ जना र विद्यामन्दिर आधारभुत विद्यालयका ६ जना विद्यार्थीलाई सुईटर वितरण गरिएको थियो । विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानाले अति विपन्न बालबालिकालाई सुईटर वितरण गरिएको बताए ।

कार्यक्रममा वडा अध्यक्ष बानियाँले न्यानो कपडा, कपीकमल लगाएत शैक्षिक गतिविधिमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले एसईई तयारीको क्रममा आर्थिक अभावले होस्टेलमा बस्न नसक्ने विद्यार्थीलाई लक्षित गरी पाँचजनालाई सहयोग संकलन गरी खर्च जुटाउने बताए । सामुदायिक विद्यालयका विद्यार्थीको न्यूनतम आवश्यकतलाइ्र्र पुरा गर्न प्रयास भइरहेको अध्यक्ष बानियाँले बताए । उनका अनुसार वडाभित्रका विद्यार्थीलाई लक्षित गरी कोषको समेत स्थापना गरिएको बताए । सुईटर खरिदमा नारायण जिसी, लक्ष्मण कुटवाल, प्रकाश बानियाँ, विपिन खड्का समेत आर्थिक सहयोग गरेको थिए ।