वेनीबाट नारायणघाट हिडेको बस मालढुङ्गामा दुर्घटना

0

म्याग्दीको सदरमुकाम बेनीबट नारायणघाट हिडेको बस पर्वतको मालढुङ्गामा दुर्घटना भएको छ । विहान नाराणघाटका लागी छुटेको ग १ ख ६१०८ नंम्बरको बस मालढुंगा नजिक रहेको सुकुमबासी बस्ती नजिक दुर्घटना भएको हो । दुंर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाईते भएको त्यहाँ रहेका यातायात ब्यवसायीलाई उद्धित गदै. म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

घटनास्थलमा प्रहरीको टोली पुगेका छ । विहानको समयमा भएको दुर्घटनाका बारेमा स्थानीयले प्रहरीलाई खवर गरेका थिए। घटनास्थलमा मृत्यु हुनेको नाम खुलेको छैन् । धवलागिरी बस ब्यवसायी समितिद्धारा सञ्चालित बसमा सबार यात्रुका बारेमा प्रहरीले खोजीकार्य गरेको छ । घटनास्थलमा घाईतेलाई पर्वत र बागलुङ अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।