म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट हिडेको बसमा कालिपुल बसपार्कबाट ६ जनाले टिकट लिएको खुलेको छ । बसपार्कबाट विहान ७ः३० बजे प्रस्थान गरेको बसमा सबार अधिकांस छोटो दुरीका यात्रु भएको अनुमान गरिएको छ ।

कालिपुल बसपार्कमा रहेको धौलागिरी बस ब्यवसायी समितिको टिकट काउन्टरका प्रतिििनध सुरज शाक्यले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार काउण्टरबाट टिकट लिएर सबार हुने ६ जना यात्रु माध्ये चारजनाको बेनीबजार ठेगाना उल्लेख गरेका तेजनाथ पौडेलका ४ जना र लाल बहादुर मात्रै नाम उल्लेख गरेका २ जना रहको बताए । ‘धेरै यात्रु बाटोबाट चढेको देखिन्छ,‘हामीले पनि थप बुझदै छौ’ शाक्यले भने ।

उनका अनुसार कुस्मा, पोखरा लगाएत छोटो दुरीका यात्रुहरुको संख्या धेरै हुनसक्ने बताए ।बेनीबाट सवार रहेका यात्रु सबै म्याग्दीकै भएपनि उनीहरुका अवस्था खुलेको छैन् ।विहान नाराणघाटका लागी छुटेको ग १ ख ६१०८ नंम्बरको बस मालढुंगा नजिक रहेको सुकुमबासी बस्ती नजिक दुर्घटना भएको थियो । दुंर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको भने उपचारको क्रममा २ जनाको ज्यान गएको घाईते मध्ये १० जनालाई सामान्य उपचार पछि थप उपचारका लागि पोखरा पठाईएको छ । दुर्घटनामा घाईते भएका थप २८ जना को धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको र थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ ।