म्याग्दीको सदरमुकाम बेनीबाट नारायणगढ हिडेको ग १ ख ६१०८ नम्बरको बस पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार बिहान भएको मिनिबस दुर्घटनामा घाईते र मृतकको पहिचान खुलेको छ । दुर्घटनाग्रस्त बसमा सबार पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दीको रघुगंगा गाउँपलिका ६ पाखापानीका राजेश पुन र विष्णुमाया पुनको पहिचान खुलेको छ ।

पाखापानीका वडा अध्यक्ष मनकुमार पाईजाका अनुसार घटनास्थलमा मृतक भनिएका मृतकका आफन्तलाई बुझ्ने प्रयास भइरहेको बताए । उनका अनुसार राजेश पुन विद्यार्थी भएपनि विष्णुमायाँका बारेमा अझै पनि गाउँमा पहिचान हुन नसकेको बताए । उनले घटनास्थलमै मृत्यु भएकाका आफन्तसंग सम्पर्क भइरहेको बताए । यता दुर्घटनमा मृत्यु हुनेमा बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको जनाइएको छ । मृतकमध्ये एकजना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए। अधिकांस यात्रु बाटोबाटै बसमा चढेकाले पनि पहिचानमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

सबैजसो घाइतेहरुको टाउको, हात र खुट्टामा बढी चोट लागेको छ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ९ बजे पर्वतको डिमुवामा सडक अवरुद्ध हुने भएपछि सो समयअगावै डिमुवा कट्नेगरि बसको गति बढी भएका कारण दुर्घटना भएको हो। तर, दुर्घटनाको एकिन कारण खुलेको छैन। २५ सिटको बसमा क्षमता भन्दा बढी यात्रु चढाएको पाइएको छ। घटनास्थलमा पर्वत, म्याग्दी र बाग्लुङका सुरक्षाकर्मी र सर्वसाधारण उद्धारमा खटिएका थिए। वसका सवारी चालक बर्ष ३५ का रमेश पराजुलीलाई समेत पोखरा रिफर गरीएको छ ।

घटनास्थलमा मृत्यु भएका

१)जिल्ला म्याग्दी पाखापानी २ वस्ने वर्ष २१ को राजेश पुन

२) नामथर वतन नखुलेको महिला । अमिसरा पुन ३

धवलागिरी अंचल अस्पताल बागलुङमा उपचारको क्रममा मृतकहरू

१)जिल्ला पर्वत जलजला गाउपालिका वडा न ८ वस्ने वर्ष ४० की सेती परियार

२) पर्वत जलजला गाउपालिका वस्ने वर्ष ५० को टिके परियार९सिन १ उल्लेखित महिलाको श्रीमान रहेको ०

३) जिल्ला वाग्लुङ नगरपालिका वडा ४ वस्ने वर्ष ४८ की शान्ति के सी

नामथर नखुलेको  घाईतेहरु

१) जिल्ला कालिकोट महावल गापा ४ बस्ने बर्ष ५२ को राज बहादुर सिह ।

२) जिल्ला पर्वत जलजला गापा ८ बस्ने बर्ष १३ को बिक्रम रेग्मी ।

३) पर्वत जलजला गाउपालिका बस्ने बर्ष ३१ कि कमला रेग्मी ।

४) पर्वत जलजला गाउपालिका बस्ने बर्ष नखुलेको कुशल रेग्मी ।

५) जिल्ला कास्की पोखरा ३३ बस्ने बर्ष ४० कि लक्ष्मी बोहरा ।

६) पर्वत जलजला गाउपालिका बस्ने बर्ष ११ कि दिपिका बोहरा ।

७० जिल्ला म्याग्दी बेनी नपा ८ बस्ने बर्ष ६३ को लक्ष्मी प्रसाद बिक ।

८) जिल्ला कास्की अन्नपुर्ण गापा ४ बस्ने बर्ष २८ कि चन्द्रा आचार्य । ९ पोखरा रिफर ०

९) ऐ।ऐ। बस्ने बर्ष ३ को शंकर पौडेल ।९ पोखरा रिफर ०

१०) जिल्ला चितवन मुहान बस्ने बर्ष ९ कि प्रवेशिका पौडेल।

११) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन ।

१२) जिल्ला म्याग्दी बेनपा ७ बस्ने बर्ष ६७ को टेकनाथ पौडेल । डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल

१३) जिल्ला पर्वत कुश्मा नपा ९ बस्ने बर्ष ३५ को रमेश पराजुली ।।९ पोखरा रिफर ०

१४) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ५२ को उद्बिर तिलिजा ।

१५) जिल्ला चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई ।

१६) जिल्ला म्याग्दी बेनी नपा ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुन ।

१७) ऐ। ऐ। बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल । डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल

१८) ऐ।ऐ।बस्ने वर्ष ५६ की हेमकला रेग्मी ।९पोखर रिफर ०

१९) ऐ।ऐ। बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल ।

२०) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष २२को कमल पौडेल ।

२१) ऐ।ऐ। बस्ने बर्ष नखूलेको बालकृष्ण पौडेल ।

२२) जिल्ला चितवन भमनपा ४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत ।

२३) जिल्ला पर्वत बस्ने बर्ष ४१ को राजन सापकोटा ।

२४) जिल्ला धादिङ बर्ष ५५ को मान बहुर गुरूङ ।

२५) जिल्ला पर्वत जलजला ८ बस्ने बर्ष २७ को देवीलाल नेपाली ।

२६) पर्वत जलजला बस्ने बर्ष २७ को दिपक परियार ।

२७)पर्वत जलजला बस्ने बर्ष ४२ को कृष्ण पौडेल ।

२८) पर्वत जलजला५ बस्ने बर्ष ३५ कि तुलसी सुवेदी ।

२९) जिल्ला बागलुङ जैमिनी नपा ४ बस्ने बर्ष १६ को अमिर क्षेत्री ।

३०) जिल्ला चितवन बस्ने बर्ष नखुलेको लक्ष्मी पौडेल ।