मंगला गाउँपालिकामा माघे संक्रान्तिको अवसरमा बृहत्त कृषि प्रर्दशनी मेला आयोजना गरिएको छ । कृषि उत्पादन तथा बजारीकरणलाई प्राथमिकतामा राखेको गाउँपालिकाको अभियानलाई सघाउने तथा कृषकलाई प्रोत्साहन गर्न वडा नं २ रनवाङमा मालिका यूवा क्लवको आयोजना र गाउँपालिका अन्तरगको कृषि शाखाको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालित दुईदिने गाउँपालिकास्तरीय मेलामा कृषकले खाद्य, तरकारी,फलफुल लगाएत आफ्नो उत्पादनलाई प्रर्दशनका लागि ल्याएका थिए ।

कृषि प्रर्दशनीमा ६ वटा विधामा तरकारी बालीm फलफुल, नगदे, आलु, मसला र बिविधि बाली अन्तरगत तरुल र च्याउलाई छनौट गरी क्रमश प्रथम, द्धितिय र तृतिय १९ जनालाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी ५९ जनालार्इँ सान्त्वना पुरस्कार प्रदान गरिएको गाउँपालिकाका कृषि शाखाका प्रतिनिधि जगत बानियाँले बताए ।

उनका अनुसार मेलामा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कृषि उत्पादन तथा सम्भावनाको खोजीलाई प्राथमिकतामा राखेको बताएका थिए । ‘कृषकलाई प्रोत्साहन गर्न सधै तयार छौ,‘कृषिमा नयाँ प्रविधिको खोजीलाई पनि प्राथमिकता दिइरहेका छौ’ उनले भने अर्गानीक उत्पादनमा गाउँपालिकाका सबै कृषकलाई जोड्ने प्रयासलाई सघाउन समेत उनले अनुरोध गरे । कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष धन बहादुर खाती क्षेत्री, मालिका यूवा क्लवका अध्यक्ष मुक्तमान केसी लगाएतको उपस्थिती रहेको थियो प्रर्दशनीमा ७७ कृषक सहभागी थिए ।