म्याग्दी जिल्लाको बेनी बजारबाट नारायणघाटको लागि छुटेको बस दुर्घटनामा मृतक सबैको सनाखत भएको छ। तिब्रगतीमा गुडेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका छन् । दुर्घटनामा तीन जनाको घटनास्थलमै, २ जना धौलागिरी अञ्चल अस्पताल ल्याउँदै गर्दा र २ जना उपचारको क्रममा मृत्यु भएपनि दिनभरी मृतक मध्ये दुईजनाको पहिचान हुन सकेको थिएन् ।

साँझ पर्वत प्रहरीबाट बेनीअनलाीइनलाई प्राप्त विवरण अनुसार दुर्घटनामा म्याग्दी पाखापानी–२ का २१ वर्षिय राजेश पुन, पर्वत जलजला गाउँपालिका–७ की ५५ वर्षिय अमिसरा पुन र भरतपुर महानगरपालिका–८ का ४१ वर्षिय सुब्बे परियारको घट्नास्थलमै मृत्यु भएको होभने पर्वतको जलजला गाउँपालिका–८ का ५० वर्षिय टिके परियार र उनकी श्रीमती ४० वर्षिय सेती परियारको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा र जलजाल–७ का २० वर्षिय जीवन विक र बागलुङ नगरपालिका–४ की ४८ वर्षिय शान्ति केसीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै

दुर्घटनामा परी घाईते हुनेहरुमा कालिकोट जिल्ला महाबले गाउँपालिका—का ५२ वर्षीय रजबहादुर सिंह, पर्वत जिल्ला जलजला—८ का १३ वर्षीय विक्रम रेग्मी, सोही स्थानका ३१ वर्षीया कमला रेग्मी, उमेर नखुलेका कुसल रेग्मी, कास्की पोखरा महानगरपालिका—३३ की ३० वर्षीय लक्ष्मी बोहोरा, सोही ठाउँका ११ वर्षीय दिपीका बोहोरा, म्याग्दी बेनी नगरपालिका—८ का ६३ वर्षीय लक्ष्मीप्रसाद विक, सोही स्थानका उमेर नखुलेका जितेन्द्र विक, कास्की अन्नपूर्ण गाउँपालिकाकी २८ वर्षीया चन्द्रा आचार्य, सोही ठाउँका वर्ष ३ का शंकर पौडेल, पर्वत जलजला—८ का वर्ष ९ की प्रवेशिका पौडेल, सोही ठाउँका ७ वर्षका प्रमाण पौडेल, पर्वत जलजला—७ की ३२ वर्षीया विशमाया पुन, पर्वत जलजला—७ का ५२ वर्षीय उद्वीर तिलीजा, चितवन बस्ने ४३ वर्षीय रोहिनी प्रसाद आचार्य घाईते भएका छन् ।

म्याग्दी बेनी नगरपालिका—७ का ६८ वर्षीय टेकबहादुर पुन, सोही स्थानकी ५६ वर्षीय हिमकला रेग्मी, सोही स्थानकी ६३ वर्षीय सुन्दरी पौडेल, पर्वत जलजला—७ का २२ वर्षीय कमल पौडेल, सोही स्थानका बालकृष्ण पौडेल, चितवन भरतपुर—४ की पूर्णकला बस्नेत, पर्वतका ४१ वर्षीय राजन सापकोटा, पर्वत धाईरिङका ५५ वर्षका मानबहादुर गुरुङ, पर्वत जलजला गाउँपालिकाका—८ २७ वर्षीय देविलाल नेपाली, सोही स्थानका २७ वर्षीय दिपक परियार, सोही स्थानका ४२ वर्षीय कृष्ण पौडेल, जलजला—५ की ३५ वर्षीय तुलसी सुवेदी, म्याग्दी बेनी नगरपालिका—७ का ६४ वर्षीय तेजनाथ पौडेल उनी श्रीमती ३९ वर्षीया मन्दिरा पौडेल घाईते भएका छन् । यस्तै बसका चालक कुस्मा नगरपालिका—९ का ३५ वर्षीय रमेश पराजुली पनि गम्भीर घाईते भएका छन् ।

घाईतेहरु मध्ये २ जनालाई हेलिकप्टर मार्फत ग्राण्डी अस्पताल काठमाडौंमा लगिएको छ । ७ जनालाई भने नेपाली सेनाको हेलिकप्टर मार्फत छाउनी अस्पतालमा लगिएको थियो । ग्रान्डीमा उपचार गराइरहेका बेनीबजारका तेजनाथ र उनकी श्रीमतिको अवस्था समान्य रहेको त्यहाँ रहेका खेम केसीले बताए । उनका अनुसार चोट लागेपनि दुवै खतरामुक्त रहेको बताए । चालक सहित कुल ३९ जना सवार रहेकोमा ७ जनाको मृत्यु भएको छ भने बाँकी ३२ जना घाईते भएका थिए । म्याग्दीलाई राजमार्गसंग जोड्ने बागलुङ पोखरा सडक मर्मत भइरहेको अवस्थामा साढे दुईघण्टाको दुरी एक घण्टामै पुग्ने गरी चालकले तिब्र गतिमा सवारीसाधन गुडाउँदा जोखिम बढ्दै गएको छ ।