(जित बहादुर बराल)
म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेका कृषक किवी खेतीतर्फ आर्कषित भएका छन् । स्वादिलो र गुणकारी मानिने किवी फलको रुपमा चिनिने किबीको स्थानीय तथा बजारमा समेत माग बढ्दै जान थालेपछि कुईनेमंगलेका कृषक आफ्नो खेतबारीमा किबी खेतीको विस्तारमा जुटेका हुन् । सानो लगानीमा मनग्य आम्दानी गर्न सकिने र बजारमा बसोबास गर्नेहरुको रोजाईमा परेकाले परिक्षण उत्पादनका लागी बिरुवा विस्तार गरिएको झिँखानी कृषक समुहका अध्यक्ष स बहादुर सेञ्चुरीले बताए ।

‘समान्य जानकारीमै खेती सुरु गरेका छौ,‘तालिम तथा प्राविधिक सहयोग भएमा सहज हुन्छ’सेञ्चुरीले भने । उनका अनुसार समुहमा रहेका ३२ जनाले ५ सय विरुवा ल्याएर खेती सुरु गरेको बताए । उनले खेतीका लागी आवश्यक पर्ने मल, बिरुवाका अनुदानका साथै गाउँमै तालिमको आवश्यकता रहेको बताए । लहरा प्रजातिको ’किवी’ फलको विरुवालाई आवश्यकता अनुसार विस्तार गरिने बताए ।

उनले घरआसपास, बारीमा पहिलोचरणमा विरुवा लगाइएको बताए । बर्षदिन अगावै फल दिने भएकाले पनि आम्दानीका लागि सहज भएको कृषकको भनाई छ । समुन्द्री सतहदेखी १ हजार देखी २ हजार ५ सय मिटरसम्मको उचाईमा केवि खेती विस्तार गर्न सकिन्छ । किबी फल बेनीबजारका डिपान्टमेन्ट स्टोरले पोखरा, काठमाण्डौबाट ल्याएर विक्री गर्ने गरेका छन् । म्याग्दीमा घतान, तोरिपानी, कुहुँ, राम्चे लगाएतका स्थानमा किबी खेती गर्ने गरिन्छ ।

विज्ञापन