ज्ञान प्रकाश माविका उत्कृष्ट विद्यार्थीलाई सम्मान

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानास्थीत ज्ञानप्रकाश माविमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई शुक्रबार दुर्गाप्रसाद स्मृति कोषले एक कार्यक्रमका बीच सम्मान गरिएको छ । गतबर्षको एसइई परिक्षामा विद्यालयमै उत्कृष्ट नतिजा ल्याउनु रचना गुरूङ (३.३५ जिपिए) र रियोज्ना तामाङ (३.३५ जिपिए) र कक्षा ११ र १२ मा प्रथम हुने सन्तोष सुबेदीलाई प्रति विद्यार्थी नगद ५ हजार, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यस्तै सोही कोषबाट उच्च शिक्षा अध्ययरत राजकुमार विक र विमल पूर्जालाई बार्षिक छात्रबृत्ति अन्तरगत १० हजारको दरले नगद प्रदान गरिएको विद्यालयका प्रधानध्यापक सान्त बहादुर नेपालीले बताए । पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्ष नरसिंह बहादुर पुर्जा, कोषका संस्थापक कृष्ण तुलाचन र कविन तुलाचन, शिक्षा विकास कोषका उपाध्यक्ष हितप्रसाद गौचन, कोषाध्यक्ष मान गर्बुजा, फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युकेका अध्यक्ष बल पूर्जा लगाएतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै कोषका संस्थापक कृष्ण तुलाचनले विद्यार्थीको उज्वल भविश्यको निम्ती कोषको पहलमा पूर्वाधार सहित विभिन्न कार्यक्रमहरु ल्याइएको बताए । उनले आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्न नसक्ने विद्यार्थीलाई भविस्यमा पनि प्राथमिकतामा राखेर काम गरिने बताए । उनले एसईई र उच्च शिक्षा उत्र्तिणा गरेपछि विद्यार्थीहरुले आफ्नो भविस्यको निम्तीस् आफैले बुझेर विषय रोजेर अध्ययन गर्नुपर्ने बताए ।

सम्मान कार्यक्रममा वडा अध्यक्ष पुर्जा लगाएतका बक्ताले जीवनको ठुलो आधार नै शिक्षा भएकाले सफलताका लागी निरन्तर पुस्तक सहित रचनात्मक क्रियाकलापमा लगाव राख्नुपर्ने बताए । सोही अवसरमा प्रवासमा रहेका दानाबासीले ज्ञानप्रकाश माविको शैक्षिक तथा भौतिक पूूर्वाधार विस्तारमा खेलेको भूमिकाको ब्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर पुर्जाले धन्यवाद दिएका थिए ।

सोही अवसरमा स्वर्गीय भूमिसुधार आन्दोलनका अगुवा, ज्ञानप्रकाश माविका संस्थापक प्रधानध्यापक, दुर्गाप्रसाद स्मृतिकोषका संस्थापक,दाना गाउँ पञ्चायतका प्रधानपञ्च, गोरखा दक्षिणाबाहु चौंथोबाट विभुषित तथा जिविस म्याग्दीका सभापति एवम् दानाका पिता समेत भनेर चिनिने चक्रप्रसाद तुलाचनको श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता ब्यवस्थापन समिति अध्यक्ष पूर्जा, कोषका अध्यक्ष तुलाचनको प्रमुख आथित्यता र शिक्षक मदन घिमिरेले सञ्चालन गरेका थिए ।