मंगलालाई पश्चिम म्याग्दीकै शैक्षिक हब बनाइने

0

मंंगला गाउँपालिकाको केन्द्र बावियाचौरलाई पश्चिम म्याग्दीकै शैक्षिक हव बनाउने सरोकारवालाले प्रतिबद्धता जनाएका छन्।आधारभुत, मावि हुदै क्याम्पसको शिक्षाका लागी हालको पूर्वाधारलाई थप विस्तार गरी स्कोप भएका, शिक्षासंगै आत्मनिर्भरका लागी उपयोगी हुने विषयलाई प्राथमिकता दिएर पश्चिम क्षेत्रका विद्यार्थीलाई आर्कषित गर्ने गरी शैक्षिक योजना बनाउने बताएका थिए ।

शुक्रबार मंगला माविको ६७ औं स्थापना तथा अभिभावक दिवसको उद्घाटन गदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पैसा, समय र मेहनतमा गरेको लगानी खेर नजाने विषय अध्ययन गर्ने गरी विद्यार्थीलाई आर्कषित गर्नुपर्ने बताए ।‘अब शिक्षासंगै रोजगारीको ग्यारेन्टी हुने विषयलाई प्राथमिकता दिनुपर्छ,‘शिक्षालाई ब्यवसायसंग जोड्न सक्नु नै अबको आवश्यकता हो’ रोकाले भने ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पुस्तक सहित डिजिटल प्रविधिको समेत प्रयोग गर्नुपर्ने बताए । वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, नेपाली कांग्रेसका सचिव क्याप्टेन मीन बहादुर कार्की, अभिभावकको तर्फबाट प्रमानन्द विश्वकर्मा, शिअ संघका अध्यक्ष भीमबहादुर बानियाँ, भूपू प्रअ दीर्घबहादुर खड्का, कार्यपालिका सदस्य रत्न बहादुर विश्वकर्मा, स्रोतब्यक्ती डेक बहादुर बानियाँ लगाएतले मन्तब्य राखेका थिए ।

समारोहमा गाउँपालिका उपाध्यक्ष सृजना केसी, मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढाको उपस्थिी थियो । उत्सवको अवसरमा सप्ताहब्यापी विभिन्न खेलकुद कार्यक्रममा उत्कृष्ट विद्याथीलाई सम्मान समेत गरिएको थियो । सप्ताहव्यापी खेलकुद कार्यक्रम अर्न्तर्गत सदन अनुसारका छात्रछात्रा भलिबल, एथलेक्टिसमा १००, २००, ४००, ८०० र १५०० मिटर दौड, हाइजम्प लङजम्प लगायतका विभिन्न खेलहरु सम्पन्न गरिएको थियो ।

विद्यालयको आयव्यय विवरण लेखापाल गोविन्द पौडेलले प्रस्तुत तथा विद्यालका आगामी योजना र वर्तमान अवस्थाका बारेमा प्रधानाध्यापक गमबहादुर खत्रीले प्रस्तुत गरेका थिए । दिवसको अवसरमा छिमेकी महेन्द्ररत्न मावि बरंजाका विद्यार्थीहरुले विवशको बालविवाह शीर्षकमा जनचेतनामूलक नाटक सञ्चालन गरेका थिए ।

सोही अवसरमा सर्बमंंगल बचत तथा ऋण सहकारी संस्थाले १० हजार आधारभूत तथा माध्यमिक तहका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ भने सगुन स्टेशनरी सेन्टर बेनी बाट १५ हजार रुपैयाँ बराबरको पुरुस्कार बितरण र मंगला होस्टेल को तर्फबाट कार्यक्रम मा मिनिरल वाटर सहयोग भएको विद्यालयका शिक्षक केशव कँडेलले बताए । कार्यक्रमको बीचमा शिक्षक रामचन्द्र पौडेलको संयोजनमा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षक झलकनाथ शर्मा र हुमनाथ पाण्डे,स्वागत मन्तव्य शिक्षक भीमप्रसाद शर्मा र अध्यक्षता नारायणबहादुर क्षेत्रीको अध्यक्षताले गरेका थिए ।