हिदीका तीन विपन्न विद्यार्थीको शैक्षिक अभिभावक पाए

0

चरम गरिबीका कारण मंगला गाउँपालिका २ हिदीकी रेखा किसान नियमित विद्यालयमा जादैनन् । घरमा पढाईको उचित वातावरणको अभाव, पोशाक, स्टेशनरी सहित थुप्रै समस्याले किसानसंगै उनका दाजु कर्ण र बेलबहादुर किसान समेत गाउँकै सिद्धशान्ति माविमा नियमिति जादैनन् । विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययरत विद्यार्थी एक महिनासम्म घरायसी काममै ब्यस्त भए ।आमाले दोस्रो विवहा गरेपछि विचल्ली भएका घरायसी र मजदुरी गरेर हातमुख जोड्ने गरेको विद्यालयका शिक्षक जमन केसीले बताए ।

‘घरायसी अवस्था नाजुक छ,‘नियमित विद्यालय आउन उनीहरुले धेरै पर्खाल टोड्नुपर्छ’केसीले भने । उनले आमाले छोडेर गएपछि घरायसी वातावरणको अभावले समेत नियमित विद्यालय आउन नसकेको बताए । उनले विहान बेलुकीको वातावरण सहज नहुदाँ विद्यालय समेत छोडेर बसेपछि गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तीनैजनाको अभिभावकत्व ग्रहण गरेको बताए ।

विद्यार्थीको समस्याका बारेमा जानकारी गराएपछि अध्यक्ष रोकाले कक्षा १० सम्मको शिक्षाका लागी विद्यालयमै मासिक २ हजार खाजाखर्च, ६ हजारको स्टेशनरी र पोशाकका लागी १० हजार सहयोग गरेको बताए । नियमित विद्यालय आउने वातावरणले विद्यालयकै अब्बल विद्यार्थीम्मा पर्ने रेखा र कर्णले नियमित विद्यालया आउने प्रतिबद्धता समेत जनाएको विद्यालयले जनाएको छ ।

यसअगाडी पनि गाउँपालिका अध्यक्ष रोकाले आफ्नो तलबसुविधाबाट आर्थिक अभावमा परेका बालबालिालाई शिक्षादिक्षाका साथै विभिन्न सहयोग गरेका थिए । ‘आधारभुत तहबाट बन्चित हुने अवस्थाको अन्त्य गर्नुपर्छ,‘आर्थिक अभावले धेरै विद्यार्थीको पढाईमा असर गरेको छ’ रोकाले भने । उनले ब्यक्तिगत रुपमा सरकारले उपलब्ध गराएको सेवासुविधालाई विपन्न बालबालिको हितमा खर्च गर्ने बेनीअनलाइनलाई बताए ।