जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

0

बेनीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गर्नुभएको छ । बेनपा ८ न्युरोडका सन्देश बराइलीले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले बलाङकेट वितरण गर्नुभएको हो ।

सन्देशका बुवा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जिबनबहादुर विश्वकर्मा र नेपाल बाल संगठन म्याग्दीका सभापति नेत्रबहादुर महतले न्यानो कपडा वितरण गर्नुभएको थियो ।फजुल खर्च गरेर जन्मदिन मनाउने परम्परालाई निरुत्साहित गर्दै अनाथ बालबालिकाहरुलाई सहयोग पुगोस भनेर न्यानो कपडा वितरण गरेको बराइलीले बताउनुभयो ।