उपभोक्ता समितिले पनि धरौटी राखेर काम गर्नुपर्ने निर्माण ब्यवसायीको माग

0

उपभोक्ता समितिको गुणस्तरहिन कामको नियमन हुन नसकेको गुनासो निर्माण ब्यवसायीले गरेका छन् । राज्यका संयन्त्र निर्माण ब्यवसायीलाई दोस्रो दर्जाको नागरिक सरह ब्यवहार गर्ने गरेपनि उपभोक्ता समितिको गुणस्तरहिन कामलाई कारवाही गर्ने कुनै कानुनी प्रावधान बनाउने तर्फ चासो नदेखाएको बताएका थिए ।

निर्माण ब्यवसायी संघ म्यादीको १८ औ साधारणसभा तथा १० अधिवेशनको अवसरमा बोल्ने बक्ताले उपभोक्ता समितिलाई एक करोडसम्मको निर्माण कार्य गर्ने अख्तियारी दिएर निर्माण ब्यवसायीलाई दवाउन खोजको बताउँदै उपभोक्ता समितिको पनि निर्माण ब्यवसायी जस्तै धरौटी राखेर काम गर्ने नीति बनाउनुपर्ने बताएका थिए । अधिवेशनको उद्घाटन गदै निर्माण ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष निकोलश पाण्डेले तीनै तहका सरकारका विकास निर्माणका गतिविधिमा निर्माण ब्यवसायीले तोकिएको समयमै सम्पन्न गर्ने गरी काम गर्ने बताएका थिए ।

उनले सरकारलाई नयाँ खरिद ऐनमा जिल्लामा हुने विकास निर्माणका योजनामा ५ करोडसम्म जिल्लाभित्रकै ब्यवसायी, प्रदेशमा १५ करोड र त्यो भन्दा माथिका योजनामा खुल्ला प्रस्तिपर्धाका लागी सरकारलाई प्रस्ताव गरिने बताए । जिल्लााम उपभोक्ता समिति मार्फत भइरहेका विकास निर्माणमा मेसिनको प्रयोग गर्ने प्रावधान नभएपनि जथाभावी प्रयोग गर्ने प्रबृत्तीले देशलाई ठुलो नोक्सानी भइरहेको बताए। त्यस्तै बिशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले निर्माण ब्यवसायीले सम्झौता अनुसार निर्धारित समयमै काम सम्पन्न गर्नुपर्ने बताए ।

उनले उपभोक्ता समितिका कामलाई नियमन गर्नुपर्ने ब्यवसायीको माग जायज भएको स्वीकार गरे । उपभोक्ता समितिको काम ६ महिना समेत टिक्न नसक्ने अवस्थाको भएपनि सरकारी निकाय मौन हुने गरेकाले विकास निर्माणको क्षेत्रमा ठुलो नोक्सानी भइरहेको ब्यवसायीको भनाई थियो । अधिकांस बक्ताले उपभोक्ता समितिको काम कमसल भएरमा धरौटी जफत गर्नुपर्नेमा समेत माग गरेका थिए ।

अधिवेशनको उद्घाटन सत्रमा संघका अध्यक्ष सरकारले सार्वजनिक खरिद नियमावली संशोधनमार्फत पहुँचवालालाई पोस्न मेसिन प्रयोग गर्न नपर्ने समान्य प्रकृतिका निर्माणको काम मात्रै गर्ने उपभोक्ता समितिलाई हेभी इक्यूपमेन्ट प्रयोग गरेर बिना अनुभव मनपरी ठूला निर्माणको कार्य गर्ने गरेकालेले देशभरका निर्माण ब्यवसायी एकजुट हुनुपर्ने बताए । अधिवेशनको अवसरमा संघका संस्थापक अध्यक्ष स्वर्गीय राम गौचनकी धर्मपत्नी बिमला गौचनलाई सम्मान समेत गरिएको थियो । उद्घाटन सत्रको सञ्चालन महासचिव अमृत श्रेष्ठ र सदस्य दिनेश केसीले गरेका थिए । उद्घाटन सत्र सम्पन्न भएपछि संघको विधान शंसोधन गरी आगामी माघ १९ गते नयाँ कार्यसमिति चयनका लागी अधिवेशन गरिने छ ।