म्याग्दीका पत्रकार अर्जुन सुबेदीको उपचारमा आर्थिक सहयोगको अपिल

0

म्याग्दीको बेनी नगरपालिका–९ जम्रेनी स्थायी घरभई एक दशकदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका अर्जुनप्रसाद सुवेदी को उपचारमा आर्थिक सहयोगको आह्वान गरेको छ । नेपाल पत्रकार महासंघ, रिपब्लिका शाखा सदस्य एवं नागरिक दैनिकका संवाददाता सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर उपचार गराउँदै आएका छन् ।

वीर, धुलिखेल, त्रिवि शिक्षण, सर गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको नभएको उनलाई एक सातादेखि रेला ईन्सिच्यूट एण्ड मेडिकल सेन्टरमा आईसियुमा उपचार गराईरहेका छन् ।केही दिनअघि मात्र शल्यक्रिया गरिएका उनी एक वर्षभन्दा बढी समयदेखि तीन–तीन महिनामा इआरसिपि प्रविधिमार्फत पित्तनलीको स्टेन्ट परिर्वतन गर्दै उपचार गराईरहेका छन् ।

उपचारमा ठूलो रकम खर्च गरिसकेका उनको अहिले भइरहेको उपचारमा पनि ४० लाख रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने भएको परिवार स्रोतले जानकारी दियो ।मध्यम आर्थिक स्थिती भएका सुवेदीलाई थप उपचार गर्नको लागि आर्थिक सहयोग आवश्यक पर्ने भन्दै सुवेदी परिवारले आर्थिक सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

साथै नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति उनको उपचारमा आर्थिक सहयोगका आह्वान गरेको छ । सुवेदीको उपचारका लागि प्रतिष्ठान प्रदेश समिति प्रभु बैंक अनामनगरको खाता नम्बर ००१००१०१०६९२७१०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने प्रतिष्ठान प्रदेश समितिका महासचिव बालकृष्ण अधिकारी बताए म्याग्दीमा समेत केही समय पत्रकारिता गरेका सुबेदीले काठमाण्डौबाट समेत जिल्लाका गतिविधिमा सघाउने गरेका थिए । उनको उपचारका लागि आर्थिक सहयोगका लागी बेनीअनलाइनले समेत सम्पूर्ण म्याग्देलीलाई हार्दिक अपिल गदैं आफ्नो क्षमता अनुसार सहयोग गर्न अनुरोध गदैछौ ।