बेनी नगरपालिका–६ गोलखाँडाकी पुष्पा कामीको विहान आगोमा चुल्हो दुई तीनछाकसम्म बोल्दैन् । बिहान चुल्हो बल्यो भने त्यसैले परिवारको बेलुकीको आधा पेट पनि मुस्किलले भरिन्छ । भोकभोकै सुतेका दिनहरू गन्न उनलाई धेरै समय लाग्छ । पुष्पा एकाविहानै मजदुरीमा हिड्दा बालबालिका देखि बृद्धा आमा समेत खुसी हुन्छन् । सुकुम्बासी जीवन विताइरहेकी कामीले गाउँघरमा घरायसीका काम गरेर जुटाएको आर्थिकको भरमा ६ जनाको परिवारको हातमुख जोड्ने गर्छिन् ।

तीन सन्तानकी आमा कामीको कमाईले बृद्ध आमा, बिरामी श्रीमान र तीन छोराछोरीको पालनपोषण तथा शिक्षादीक्षा दिने जिम्मेबारी समते उनको काँधमा छ । बिरामी हजुरआमा र श्रीमानलाई आवश्यक पर्ने औषधी जुटाउन समेत नसकेको उनले बताईन् । गाउँको राम्चे सामुदायिक बनको जग्गामा बस्दै आएपनि घर भत्किएपछि एक्लेपीपल आधारभुत विद्यालयको खाली भवनमा कष्टपूर्ण तरिकारले दिनरात गुजादैं आइरहेको उनले बताईन् । ‘पलपलमा आँसु पिएर बाँचिरहेका छौ,‘सानो छाप्रो समेत मर्मत गर्ने पैसा छैन’ पुषपाले भनिन् ।

गाउँलेको पशुचौपायाको गोठदेखि खरबारीमा घाँस काटेर संकलन गरेको ज्यालाले अन्नपानी खरिद गर्न पनि नपुग्ने बताईन् । ‘कलिला छोराछोरीलाई भोकै सुताउनुपर्दा संसार नै छोडेर जाउँ जस्तो लाग्छ,‘आत्महत्याको प्रयासलाई छोराछोरीको अनुहारले रोकेको छ’ उनले भनिन् । आफुँ बिरामी हुदाँ छोराछोरीले छिमेकमा मागेर छाक टार्ने गरेको बताईन्। करिब पाँच दशक अगाडी देखि सुकुम्बासी जीवन विताइरहेको अवस्थामा आर्थिकस्तर उकास्न श्रीमानलाई दुईपटक विदेश पठाएपनि कमाईले ऋण तिर्न समेत मुस्किल भएको उनको गुनासो छ ।

सडक नजिक रहेको छाप्रो भत्किएपछि सामुदायिक बनको जग्गामा स्थानीय अर्थुङ्गे यूवा क्लवको सहयोगमा छाप्रो बनाउने प्रयास गरेपनि आर्थिक अभावले अलपत्र परेको बृद्धा मानुमती विकले बताईन् । ‘बुहारीको कमाईले मात्रै घर खर्च चलेको छ,‘बिरामी हुदाँ समेत भोकभोकै सुत्छौ’ उनले भनिन् । सुकुम्बासी परिवारलाई स्थानीय अगुवा मुना बानियाँ, दिनेश सुबेदी लगाएतका यूवाहरुको सक्रियतामा घरखर्चका लागी राहत संकलन गरिएको थियो ।

वडा कार्यालय, बेनी नगरपालिका, स्थानीय यूवाहरूको प्रयासमा आर्थिक सहयोग जुटाएपनि कक्षा ९ मा अध्ययरत जेठी छोरी प्रकृति, कक्षा ३ मा पढ्ने छोरा प्रकटलाई पोशाक, शैक्षिक साम्रागीको अभावले पठनपाठन नै प्रभावत भएको अगुवा बानियाँले बताईन् । स्थानीयको सहयोगले समेत उनीहरुकौ दैनिकीमा सुधार आएको छैन् । कामीको तीनछोराछोरीको निशुल्क उपचारको अभियान सञ्चालन गरिने भएको छ ।