बेनी नगरपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय छात्रछात्रा प्रतियोगितमा आयोजना गरेको छ । माघ १८ देखि २० गतेसम्म सदरमुकाम बेनीमा हुने प्रतियोगितामा नगरपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए ।

‘बिगतमा हुने जिल्लास्तरीय प्रतियोगिता यसपटक देखि स्थानीय तह अनुसार हुदैछ,‘ हरेक स्थानीय तहका प्रतिभाको पहिचान हुनेछ’ उनले भने । उनले जिल्लाबाट प्रदेश तथा केन्द्रमा सहभागी हुने खेलाडीमा अन्य स्थानीय तहसंग समेत सहकार्य गरी प्रतिनिधित्व गराउन पहल गर्ने बताए । खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको सुबेदीको भनाई छ ।

उनका अनुसार वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका संयोजकत्वमा वडा नं ८ का अध्यक्ष राकृष्ण बराईली, वडा नं ६ का अध्यक्ष कृष्ण बहादुर बानियाँ, वडा नं ४ का अध्यक्ष गोविन्दप्रसाद पौडेल, वडा नं ७ की सदस्य टकसरा राना, ईन्जिनियर विमलरञ्जन कार्की र शिक्षा शाखा प्रमुख विश्वप्रकाश रेग्मी सदस्य रहेको समिति गठन गरेर तयारीलाई तिब्र बनाइएको छ । प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्स बिधाका खेल सञ्चालन गरिने भएको छ।प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयले समेत आर्थिक सहयोग गर्ने छ ।

विज्ञापन