केही बर्षदेखि बर्षायाममा बाढीको चपेटामा परेको म्याग्दीको सदरमुकाम बेनीस्थीत क्याम्पसचोकको बाढीको उचित ब्यवस्थापन गर्न बाढीप्रभावित क्षेत्रको घरजग्गालाई उचित मुआब्जा दिएर अधिग्रहण गर्ने तयारी गरेको छ।

बेनी–पाखापानी सडकखण्डको विस्तार तथा स्तरउन्न्तीको क्रममा भलपानी, माटोको ब्यवस्थापना गरिएपनि बाढीको जोखिम कायम रहेको भन्दै बाढीग्रसित क्षेत्रका बारेमा तयार गरिएको प्रतिवेदनले दुईवटा घरलाई नगरपालिका, वडा र बाढीप्रभावित स्थानीयले स्रोतको ब्यवस्थापन गरी नगरपालिकाको स्वामित्वमा ल्याउनुपर्ने उल्लेख गरेको वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए । ‘प्रतिवेदनको निचाडलाई आधार बनाएर अगाडी बढ्नेछौ,‘बजारलाई बाढीबाट जोगाउन ठोस पहल भइरहेको छ’ बराईलीले बेनीअनलाइनलाई भने ।

उनले तथ्यमा आधारित भएर प्रतिवेदन उपलब्ध गराइएको भएपनि बजेटको अभावलाई ब्यवस्थापन गर्नुपर्ने बताए । प्रतिवेदनमा विष्णु शर्मा र मिन बहादुर सापकोटाको जग्गालाई नगरपालिकाकास्वामित्वमा ल्याएर वडा कार्यालय सहित सरकारी सेवालाई समेत सोही घरबाट उपलब्ध गराउने तथा ढल निकासीमा सहज बनाउने उल्लेख रहेको छ ।

विगतमा क्याम्पसचोक तथा आसपासका क्षेत्रमा बाढीले पुगेको क्षतीलाई रोकथाम गर्न समेत स्थानीयले चर्को दवाव दिने गरेका थिए ।  विगत केहीबर्ष यता लगातार क्याम्पसचोक र मंगलाघाटमा पस्ने गरेको बाढीले लाखौंको क्षती पु¥याउनुमा राज्यले उपलब्ध गराएको बजेट समेत ब्यवहारिक रुपमा कार्यान्वयन नहुनु, जनताको सहभागिता न्युन, प्राकृतिक खोल्सीहरूलाई निकास सहित जथाभावी सडकको विस्तार, आवश्यक पुर्वाधार निर्माणका कारण क्याम्पसचोक देखि न्यूरोडसम्म जोखिमले लाखौंको क्षती हुने गरेको थियो ।

नगरपालिकामा बुझाइएको प्रतिवेदनामा सडक विस्तारको क्रममा नाली र माटोलाई जथभावी फाल्ने गरिएकाले दुईवटा घर खरिद गरी ढल निकासीलाई सहज बनाउनुपर्नेमा जोड दिइएको थियो । ढल निकासीमा स्थानीय बीच अहिले समेत मतभेद रहेकाले पनि स्थानीयले समेत प्रतिवेदन अनुसार सहयोग गर्ने अपेक्षा समितिले गरेको छ । क्याम्पसचोकमा आएको बाढीको फाइल तस्वीर