बेनीबजार लभ्ली हिल र मल्लाजको डिलमा बसेर हेर्दा जति सुन्दर देखिन्छ खासमा त्यो सुन्दरता कायम राख्न हम्मे हमे पर्ने देखिन्छ । प्रकृतिको बरदान पाएको सुन्दर नगरी बेनी बजारलाई काली र म्याग्दीको कलकल बहावले जति सुन्दरता बढाएको छ तिनै काली र म्याग्दीले यसको भविष्य र सुन्दरतामा खबरदारी गरिरहेका छन् । कक्षा नौ सेक्सन बि का विद्यार्थीहरुलाई बाताबरण शिक्षा पढाउन खोलाको तिरै तिर डुलाउने मेरो योजना अनुसार काली तिरै तिर डुल्दा र अबलोकन गर्दा हामि सबैको मनमा खिन्नता प्रकट भयो ।

पर्बतको जलजला बगरफाँट जोड्ने पुल तरेर काली तिरै तिर करिब ३० मिनेटको अबलोकन पछि विद्यार्थीहरुलाई बेनिबजारको जोखिमको बारेमा प्रष्ट ज्ञान भयो र उनीहरुले नै ब्यक्त गरे “बेनीको भबिष्य त खतरामा पो देखिन्छ त ?“ पबित्र कालिगण्डकीमा स्नान गरेर पुजा गरिरहेकी एक भक्तलाई औल्याउंदै उनीहरुले भने “नजिकै त्यस्तो साबुनको झोल सहित बगेको पानी जुन उहाँले नुहाई रहेको ठाउ नजिकैबाट बगेर कालिगण्डकीमा मिसिएको थियो ।

वारी र पारि पट्टिका ग्यारेजबाट निस्किएको फोहोर पनि काली मै मिसिएका छन् । यो दृश्य हेर्दा विद्यार्थीहरु अचम्मित देखिए “छ्या हामि त खत्तम रहेछौं“ प्रमिशा थापाले भनिन । पर्बत र म्याग्दी जोड्ने कालिगण्डकी माथिको पक्कि पुल तरेर गत बर्षायाममा बेनी बजारलाई चुनौती दिदै बाढीले भत्काएर भता भुंग बनाएको रिटेन्सन वाल हेरेपछ्ही जो कोहिले पनि सहजै अनुमान लगाउन सक्छन कि बर्षायामका यसको हालत क ेहुन्छ भनेर ।

तर विद्यार्थीहरुहरुले त झनै जिब्रो निकालेर भने “सर बेनी त धेरै असुरक्षित पो छ त बेनी नै असुरक्षित छ भने हामि कसरि सुरक्षित छौँ त“ यो प्रस्न निकै सकसपूर्ण लागीरहेको छ । पाठ्यपुस्तकमा भएको बिषयबस्तुलाई सिकाउन मैले गरेको यो स्थलगत अध्ययन अन्तर्गत प्रदुषण, त्यसका कारक, समस्या र समाधानका उपायहरु हुन् जुन कुरा पढाउन कक्षा कोठामा प्रभावकारी हुन्छ जस्तो लागेन अनि यसरि यो बिधि प्रयोग गरें । उनीहरुले प्रकृति सुहाउदो बिकास नगर्दा त्यसबाट प्रकृतिले देखाउने नकारात्मक असरका बारेमा पनि धेरै कुराको जिज्ञासा राखे ।

अधिकांस बगरबासीले पुलबाट नै फोहोरका पोका मिल्काउने गरेका छन् किन कि जलजला बगरफांटमा फोहोर ब्यबस्थापन गर्ने कुनै विकल्प नै छैन । जव पुलको केहि तल पुगेर ति फोहोर जो कुहिदैनन तैरिएर नदि किनारमा रहेका छन् त्यो देख्दा हामीले गरेको क्रियाकलाप प्रति घृणा लगेर आयो ।

बसपार्क, विद्यालय, होटेल, पसल र बस्तीबाट निस्किएका ढल र तरलजन्य फोहोर नदीमा मिसिएको देख्दा निकै उदेक लगेर आउनु स्वाभाबिक नै हो । अझै बढी त अस्पतालाचोकको खोला र क्याम्पस चोकको ठाडो खोलालाइ लुकाएर घर मुनिबाट निकास दिएको देखे पछी विद्यार्थी मात्रै हैन जो कोहि पनि अचम्मित नै हुन्छन । यसको उचित ब्यबस्थापन र समयमै नहुनेहो भने प्रकृतिले बिकारल रुप नदेखाउला भन्न सकिन्न । हुन त ढल निकास नदि मै मिसाइए पनि काली पुलको ढल ब्यबस्थापन निकै डरलाग्दो देखियो । कलिपुलको बिषयमा धेरै पटक कुरा उठिसकेको छ, ढिलो चांडो समस्या समाधान होला ।

अर्को डरलाग्दो समस्या र सचेत हुनु पर्ने कुरा केहो भने २०७५ सालको बर्षा याममा रघुगंगाको बाढीले भत्काएको पक्कि पर्खाल र नदीले बदलेको धारले बेनिलाई ठाडै चुनौती दिएको छ । “उद्योग बाणिज्य संघको भबन मुन्तिर नदि सोझिएर गएको छ, यदि त्यसलाई सहि ब्यबस्थापन नगर्ने हो भने आधा बेनी बजार बगेर जान्छ सर“ प्रदिप पुनले भने हुन पनि परिस्थिति त्यस्तै छ । हामि कतिले ध्यान दिएका छौं, यस वर्ष खोलाको सतह धेरै माथि उठेको छ, रघूगंगामा आएको बढीले गेगर थुपारेर पानीको सतह माथि आएको छ । बर्षाको समयमा नदीको सतह गत बर्ष भन्दा यस वर्ष झनै माथि आउछ ।

जसले नदिकिनारका क्षेत्र अतिनै जोखिमयुक्त छन् । यस तर्फ अहिले नै सचेत र उपयुक्त उपाय नअपाउने हो भने ठुलो धनजनको क्षति नहोला भन्न सकिन्न । जबसम्म हामिले गर्ने क्रियाकलाप वाताबरण मैत्री छन् कि छैनन् भन्ने कुरा हामि सबैलाई आत्मा बोध हुदैन तव सम्म प्रकृतिलाई जितेर गरेका यस्ता कामको नतिजा पनि भयाबह नै हुन्छ । त्यसैले बेनीबासी र यसका वरपरका बासिन्दा बेलैमा सचेत नहुने हो भने सुन्दर बेनीबजारको भयाबह अबस्था हेर्न बाध्य बन्नु पर्नेछ ।

प्रस्तुती: कृष्ण जिसी