विद्यालय उमेर समुहका बालबालिका लागुपर्दाथको दुब्र्यसनमा फस्दै जान थालेपछि म्याग्दीमा सचेतना अभियानलाई तिब्रता दिइएको छ । सदरमुकाम बेनीबजार आसपासका बसोबास गर्ने १२ देखी २० बर्ष उमेरका विद्यार्थीहरू साथीहरूको संगतमा दुब्र्यसनमा फस्ने गरेकाले समयमै रोकथामका लागि सामुदायिक प्रहरी सेवा केन्द्र बेनीको संयोजनमा बुधबार सदरमुकाम बेनीस्थित प्रकाश माविमा अध्ययरत विद्यार्थीलाई लागुऔषध तथा ट्राफिक नियम, साईबर अपराध लगाएत विभिन्न अपराधिक गतिविधिका बारेमा जानकारी गराइएको थियो ।

बेनपा ७ वडा कार्यालयको सहयोगमा आयोजित सचेतनामुलक कार्यक्रममा प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले लागु पर्दाथ तथा दुब्र्यसन विरुद्ध प्रहरीले निरन्तर सक्रियता देखाइरहेको बताउँदै विद्यालयस्तरबाटै प्रयोगकर्तालई न्यूनिकरण गर्ने अभियानमा सहयोग आवश्यकता रहेको बताएका थिए ।सचेतनामुलक कार्यक्रममा प्रहरी सहायक निरिक्षक प्रसन्न पौडेल, जिल्ला ट्राफिक प्रमुख मित्रलाल ढकालले सहजीकरण गरेका थिए । सोही अवसरमा वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बेनीबजार दुब्र्यसनीको अखडा बन्न सक्ने तर्फ सचेत हुनुपर्ने बताएका थिए ।

उनले हरेक अपराधिक घटना न्यूनिकरणमा समुदायको उत्तिकै भूमिका हुने भएकाले पनि बेनीबजारभित्र लागुऔषधको प्रयोकर्ता, साईबर अपराध तथा सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सरोकारावाला निकायसंग सहकार्य गर्ने बताए।सचेतना कार्यक्रममा करिव १ सय ३७ जना विद्यार्थी, शिक्षकको सहभागिता रहेको थियो । जिल्लामा हरेक बर्ष दुब्र्यसनीमा फस्ने यूवाहरुको संख्या बढ्दै जान थालेपछि सचेतना अभियानको आवश्यकता रहेको सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष विष्णु गुरूङले बताईन् । तालिमको सञ्चालन केन्द्रका सचिव लक्ष्मण केसीले गरेका थिए ।