मुस्ताङमा यसरी थुनिएको थियो कालिगण्डकी

0
1643

मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो गाउँमा बुधबार दिउँसो कालिगण्डकी थुनिदाँ मुस्ताङ र म्याग्दीको उत्तरी क्षेत्रमा निकै त्रास फैलियो । भूकम्पले चिराचिरा भएको जमिनका रूख ढलेपछि सुख्खा पहिरो आएर नदीको केही भाग थुनिएपछि उत्तरी म्याग्दीमा निर्माणधिन अवस्थाा रहेको बेनी जोमसोम सडकखण्ड अन्तरगतका पक्की पुल तथा नदी आसपासमा रहेकालाई प्रहरीले सुचना नै गरेर हटाएको थियो ।

बाढी पूर्वानुमान महाशाखाले नदी खोलिने क्रममा तल्लो तटिय बेनी बजारसम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको थियो । बुधबार विहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा पहिरो खस्दा नदी थुनिएको कालिगण्डकी नेपाली सेना, प्रहरी तथा स्थानीयको उपस्थिीसितमा स्काभेटरले रुख,माटो र गेगर पन्छाएपछि नदी स्वभाविक गतिमा बग्न थालेको थियो ।

चिरा चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि माटो र रुख विरुवा झरेपछि नदी थुनिएको नेपाल प्रहरीका प्रहरी निरीक्षक थम्मन बहादुर रजालीले बताए । उनको नेतृत्वमा ९ जना प्रहरीको टोली र नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले पहिरोले ल्याएका रुख र माटो पन्छाए पछि नदी स्वभाविक गतिमा बग्न थालेपछि जनजीवन सामान्य भएको थियो ।

कालिगण्डकी थुनिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तरगत निर्माणधिन अवस्थामा रहेका पक्कीपु्लको नदी आसपासबाट मजदुरलाई हटाइएको थियो । म्याग्दीका प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले बेनीअनलाइनर्संग कुराकानी गदैं थुनिएको नदीको बाहब समान्य भएकाले खतरा नभएको बताए । उनले मुस्ताङ बाट जानकारी आएलगत्तै सूचना जारी गरिर्एको बताए । पहिरो पन्छाएकाले अव तत्कालका लागि कुनै खतरा नरहेकाले आफ्नो नियमित काममा फर्कन समेत तातोपानी सिमा प्रहरी चौकीलाई जानकारी गराइएको थियो । तस्वीर सौजन्य तोप विक