हाँडेभिरका बालबालिकालाई सिंगापूरे लाहुरेले दिए न्यानो कपडा

0
1463

चरम गरिबीका कारण दुधे बालकलाई साँक्षी राखेर आमाले आत्महत्या गरेपछि विचल्लीमा परेका बेनी नगरपालिका–२े खवराको लभ्लीहिलका बालबालिकालाई घर विदामा आएका सिंगापूरे लाहुरेले न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् ।

श्रीमान बैदेशिक रोजगारमा गएपनि विहान बेलुकी हातमुख जोड्न समेत मुस्किल भएपछि गतबर्षको चैत्र १ गते मैयाँ किसानले साँधुरो कोठामा डोरीले पासो लगाएर झुन्डिएर आत्महत्या गरेपछि बालबालिकाको बिचल्लीमा परेको समाचार बेनीअनलाइन र नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि पर्वत जलजला गाउँपालिका ६ सालिजा स्थायी घर भएका सिंगापुर पुलिस र्फोसमा कार्यरत तारक पुन, टंक पुन र कास्की पोखरा पुलबारीका भिम पुनले एक महिनालाई पुग्ने खाद्यान्न र सबै चारजनालाई जाडोको न्यानो कपडा सहयोग गरेको पत्रकार निर्मल खत्रीले बताए ।

समाचारले स्तब्ध भएको बताउँदै विदामा आएको बेलामा सहयोग गरेको सहयोगदाताको भनाई छ । आर्थिक सहयोगले १४ बर्षिया अस्मिता, ११ बर्षिया सुस्मिता, ४ बर्षकी अमृता र २ बर्षकी अमृतलाई विभिन्न संघसंस्था, ब्यक्तिले सहयोग गरेका थिए । चारैजनालाई शिक्षादिक्षामा सहयोग मिलेको छ ।

आर्थिक सहयोगका साथै उच्च शिक्षाका लागी आर्थिक सहयोग मिलेपछि विद्यालय छोडेर घरमै बसेका थिए । दैनिकजसो भोकै सडकमा निस्किने बालबालिकालाई म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले खाजाको ब्यवस्था गर्ने गरेका छन् । श्रेष्ठकै पहलमा दुई बालबालिकाको उच्च शिक्षासम्मको अभिभावक पाएका छन् । अन्य सहयोगदाताले समेत सुस्मिताको नाममा गरिमा विकास बैंकमा रहेको खातामा सहयोग जम्मा गरेका छन् ।