कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराइरहेका म्याग्दीका पत्रकार अर्जुनप्रसाद सुवेदीको उपचारमा सिद्धार्थ बैंक बेनी शाखाका कर्मचारीले आर्थिक सहयोग गरेका छन् । बिगत एकदशक देखि काठमाण्डौमा रहेर नागरिक राष्ट्रिय दैनिक कार्यरत सुवेदी वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्ली सहितका अस्पतालमा उपचार गराए पनि रोग निको नभएपछि थप उपचारका लागी सुरु भएको आर्थिक सङ्कलन अभियानमा बेनी शाखामा कार्यरत कर्मचारीले खाजा खर्च कटाएर ८ हजार २ सय सहयोग गरेको शाखा प्रबन्धक गणेश पाठकले बताए ।

‘उहाँको उपचारका लागी कर्मचारीको तर्फबाट सानो सहयोग गरेका छौ,‘स्वास्थ्य लाभको कामना गर्दछौ’ पाठकले बेनीअनलाइनलाई भने । उनले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीले सुबेदीको उपचारका लागी उनका बुबाको नाममा शिद्धार्थको बेनी शाखामै खोलिएको खातामा रकम जम्मा गरेको बताए ।

उनले आर्थिक संकलन अभियान मार्फत खातामा जम्मा गर्न समेत कर्मचारीबाट आफ्नो नियमित काम बाहेक पनि सहयोगदातालाई सघाइरहेको बताए । स्वास्थ्यमा थप समस्या देखिएपछि सुवेदीको चेन्नेइमा उपचार भइरहेको छ। सुवेदीको उपचारमा ४० लाख भन्दा बढी खर्च आवश्यक पर्ने भएपछि म्याग्दी सहित स्वदेश तथा विदेशमा आर्थिक संकलनको अभियानले तिब्रता पाएको छ ।

विज्ञापन