विद्युत सर्ट भएर घारामा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । अन्नपूर्ण गाउँपालिका–६ घारको टोपेचौरमा शुक्रबार दिउँसो करिव ३ बजे एक्कासी विद्युत सर्ट हुदाँ भुविन्द्र खड्काको घर जलेर नष्ट भएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको पत्रकार सुरेन गुरुङले बताए । उनका अनुसार आगलागीको जानकारी पाएलगत्तै गाउँपालिकाबाट टोली घटनास्थल तर्फ लागेको बताए ।

विद्युत सर्ट भएर आगलागी भएपछि खडका परिवारले घर बाहिर निस्किएर ज्यान जोगाएका थिए ।आगलागीबाट घरभित्र रहेका नगद सहित करिव १२ लाखको नोक्सानी भएको पीडित परिवारले बताए ।

यसैबीच पीडितलाई गाउँपालिका अध्यक्ष डम बहादुर पुनको नेतृत्वमागएको टोलीले पीडितलाई राहत वितरण गरेको छ । गाउँपालिकाले पीडितलाई आपतकालिन सहयोग अन्तरगत लत्ताकपडा, खाद्यान्न, रेडक्रस सोसाईटी भुरुङ शाखाकी महिला सदस्य सुनिता गिरीले चाबीको सेट, त्रिपाल, खाना पकाउने साम्रागी र वडा सदस्य राम बहादुर खड्का र चेतकुमारी खड्काले कम्बल सहित आवश्यक साम्रागी हस्तान्तरण गरेका थिए ।सोही अवसरमा गाउँपालिका अध्यक्ष पुनले ब्यक्तिगत रुपमा १० हजार सहयोग गरेको छ । 

पीडितको घरमा ११ सदस्य रहेकाले तत्काल बस्ने बासको समस्या रहेको बताउँदै पुननिर्माणमा सहयोग गर्न समेत पीडिले अध्यक्ष पुनलाई याचना गरेका थिए ।  राहत हस्तान्तरण गदैं अध्यक्ष पुनले गाउँपालिकाका जनतालाई विपत्मा ब्यक्तिगत रुपमा पनि सहयोग गदैं आइरहेको बताउँदै विपद्मा परेकालाई राहतमा कुनै कमी नहुने बताए ।

उनले विद्युत लगाएत ब्यक्तिगत लापरवाहीबाट हुने आगलागीप्रति सचेत हुनुपर्नेमा जोड दिए । घटना लगत्तै गाउँमै पुगेका अध्यक्ष पुनले थप सहयोग तथा पुर्ननिर्माणमा समेत सहयोगको प्रतिबद्धता समेत जनाएका थिए । सहयोग हस्तान्तरण कार्यक्रमममा स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका सल्लाहकार खड्क गिरी लगाएतको उपस्थिती रहेको थियो ।
तस्वीर सौजन्य सुरेन पुन