म्याग्दीका अधिकांस बस्ती हिमपातले सेताम्ये

0

भारी बर्षासंगै म्याग्दीको सदरमुकाम नजिक रहेका बस्तीहरुमा समेत बाख्लो हिमपात भएको छ । बर्षासंगै गएराती देखि भइरहेको हिमपातले बेनी नगरपालिका वडा नं ३ भकिम्ली जोड्ने सडक समेत अवरुद्ध भएको भकिम्लीका यूवा प्रकाश खत्रीले बेनीअनलाइनलाई बताए । ‘भकिम्लीको पानीस्वाँरासम्मै हिमपात भएको छ,‘धेरैबर्ष पछि भएकाले हिमपातले स्थानीय दंग छन्’ क्षेत्रीले भने । उनका अनुसार गएराती देखिको हिमपातका कारण भकिम्ली जोड्ने सडकमा सवारीसाधन चल्न नसकेपछि यात्रु बीचबाटोबाटै पैदलयात्रा गरेर गन्तब्यतर्फ लागेको बताए ।

२०६३ साल २ गतेकोपछि भकिम्ली तथा आसपासका क्षेत्रमा पहिलोपटक भारी हिमपात भएको स्थानीयले बताएका छन् । भकिम्लीको स्वार्गाआश्रम सहित माथिल्लो जंंगलमा करिव एक भिटभन्दा बाख्लो हिमपात भएको छ।भकिम्लीका अधिकांस बस्ती हिउँले सेताम्ये भएका छन्। त्यस्तै बनेपा २ ज्यारुमककोटमा समेत हिमपात भएको छ । भकुण्डे सहित माथिल्लो बस्तीमा हिमपात भएको स्थानीय भिमबहादुर पौडेलले बताए ।

त्यस्तै बेनपा–५ पुलाचौरको डडुवा सहित नगरपालिकाको माथिल्लो क्षेत्रमा समेत हिमपात भएको छ । घरको आगमनै हिउँ जमेपछि स्थानीय उत्साहित भएका छन् । यसैबीच म्याग्दीका मगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकको तल्लो बस्तीमा १३ बर्षपछि हिमपात भएको छ । अग्ला डाडाकाडामा हिमपात भइरहेको दृष्य हेरेका बालबालिकाले घरको आगमनै हिमपात भएपछि रमाइरहेका छन् । जिल्लाको तल्लो क्षेत्रमा समेत हिमपात हुदाँ कृषक समेत उत्साहित छन् । ग्रामिण क्षेत्रमा नाङ्गा डाडाकाँढा,पाखा पखेरा,खर्कका साथै बस्ती नै सेताम्मे भएको छ ।