म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ५ झिँ गाउँ हिमपातले सेताम्ये भएको छ । शुक्रबारदेखि भारी हिमपातसंगै झिँ गाउँमा हिमपात भएको थियो । शनिबार विहान बस्ती नै सेताम्ये भएपछि बालmबालिका हिउँमा रमाइरहेको महेन्द्र मावि झिँ का शिक्षक कला सुबेदीले बेनीअनलाइनलाई बताईन् ।

‘बस्ती नजिकका बनजंगलमा झनै धेरै हिमपात भ्एको छ,‘हिमपातसंगै विहान मौसम खुलेपछि सबै तिरदेखिएको हिमपातले स्थानीय उत्साहित छन्’ उनले भनिन्।  हिमपातले खेतीबालीलाई राम्रो हुने भएकाले पनि कृषकले समेत राहत महसुस गरेका छन् । वडाभित्रै पर्ने टोड्के लगाएतका क्षेत्रमा बाख्लो हिमपात भएको छ। २०६३ साल यता पहिलोपटक बस्तीको तल्लो क्षेत्रमा हिमपात भएको स्थानीयको भनाई छ । शनिबारको दिन भएकाले पनि बालबालिका हिउँमा रमाइरहेका छन् । तस्वीरहरु कला सुबेदी