बेनी नगरपालिका वडा नं ५ डडुवाकी रुपा भण्डारी विहान उठेर घरको आगनमा आउन वित्तिकै हिउँमै खुट्टा राखिन् । घरको आगनबाट हिउँ फालिन् । आगनबाट बाहिर हेर्दा बस्ती सहित आसपासका सबै क्षेत्रमा बाख्लो हिम जमेको थियो । शुक्रबारदेखि लगातार परेको बर्षासंगै डडुवा आसपासका क्षेत्र हिमपातले सेताम्ये भएको छ ।

’धेरैबर्षपछि हिमपात भयो,‘घरको आगनमै हिउँ परेपछि दंग परे’ भण्डारीले बेनीअनलाइनलाई भनिन् । उनले हिमपातसंगै खेतबारी तथा आसपासका क्षेत्रमा आवतजावत गर्न समेत समस्या भएको उनले बताईन् । डडुवामा २०६३ साल फागुन २ गतेपछि सबैभन्दा बाख्लो हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातसंगै बालबालिका समेत हिउँमा रमाइरहेका छन् । डडुवाबाट देखिने म्याग्दीका विभिन्न बस्तीहरु समेत हिउँले सेताम्मे भएको स्थानीय यूवा अर्जुन भण्डारीले बताए ।

उनका अनुसार हिमपातसंगै चिसोले सबै घरभित्र रहेपनि विस्तारै मौसम खुल्न थालेपछि हिउँमै रमाइरहेको उनले बताए । नाङ्गा डाडाकाँढा,पाखा पखेरा,खर्कका साथै बस्ती नै सेताम्मे भएपछि कलिला बालबालिकाले पहिलोपटक हिउँ देखेको भन्दै खेलिरहेका छन् । बेनी नगरपालिका भित्रको मािथल्लो बस्तीमा बाख्लो हिमपात भएको छ ।