जाडोयाममा बर्षा खेतबारीमा उत्पादन घट्ने चिन्तामा रहेका ताकमबासीले शुक्रबारदेखिको बर्षाले राहत महसुस गरे । पश्चिम म्याग्दीमा अन्नभण्डारको रुपमा चिनिने ताकममा शुक्रबारदेखि बर्षा भएको थियो । शुत्रबार भएको बर्षासंगै शनिबार विहान ताकमबासीले गाउँ आसपासमा हिउँ समेत देखे । हिमपातले खेतबारीमा लगाएका हिउँदेबालीलाई समेत राम्रो भएको स्थानीय गोपाल आचार्यले बताए ।

बर्षासंगै ताकम बस्तीमै धेरैबर्ष पछि हिमपात भएको उनले बताए । बस्तीमा समान्य हिमपात भएपनि माथिल्लो क्षेत्रमा बाख्लो परेको उनले बताए । करिव १३ बर्षपछि ताकम तथा आसपासकै बस्तीमा हिमपात भएको स्थानीयले बताएका छन् । गाउँबाट नजिकै देखिने धवलागिरी, गुर्जा लगाएतका हिमाल आसपासका क्षेत्र हिउँले पुरिएको छ । तस्वीरहरु गोपाल आचार्य