आहा ! टोड्केमा हिँउ (फोटो कथा)

0

(शब्द÷ हरिकृष्ण गौतम र तस्वीर÷नरेश श्रेष्ठ) अग्लो डाँडाबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमालको लामो लर्कन देखिन्छ । आसपासमा लालीगुँरासको ठूलो जंगल छ । नजिकै चाँदी जस्तै टल्कने हिमाल र विहान उदाउने सूर्य हिमालमा पर्दा सु्नजस्तै टल्किने गरेको दृष्यले म्याग्दीको छोटो दुरीको घुम्ने पर्ने गन्तब्यको सूचीमा राख्ने गरेकाले पनि टोड्केलाई ग्रामिण पर्यटनको हिराको रुपमा समेत ब्याख्या गर्छन्।

१२ महिनै आन्तरिकको लर्को तथा फाटफुट विदेशी पर्यटक घुम्न जान्छन् । फागुन, चैत्र र बैशाख महिनामा वनपाखाहरुमा राता, गुलावी र सेता रङ्का साथै विभिन्न १९ प्रजातिका लालीगुराँसले ढकमक्क छोपिने टोड्के पुस र माघ महिनामा हिउँको घुम्टोभित्र हुन्छ । विभिन्न प्रजातिका लालीगुराँस र सेताम्मे हिमपात टोड्केको पहिचा नै हो । बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको संगममा अवस्थित टोड्के २ हजार ५ सय मिटर उचाइमा अवस्थित टोड्केको प्राकृतिक सून्दरताको जति बख्यान गरेपनि सकिदैन् ।

जिल्लाकै एउटा आर्कषक गन्तब्यको रुपमा चिनिएको टोड्केको सुन्दरता शनिबार थप झल्कियो। लस्करै हिमालमा हिउँ हेरेर फर्किने गरेका पर्यटकहरु शनिबार टोड्केको आगनमै हिउँमा रमाए । सदरमुकाम बेनी सहित आसपासका क्षेत्रबाट यूवाहरुको ठुलै भिड देखिन्थ्यो । बेनी अस्पतालका चिकित्सक सहितको टोली समेत हिउँमै रमाउन टोड्के पुगेका थिए । बेनी अस्पतालका डा. विवेक सुनारले टोड्केको सुन्दरताले आर्कषित गरेको बताउँछन् । टोड्केमा बाख्लो हिमपात भएको जानकारी पाएपछि विदाको समय सदुपयोग गरेको उनको भनाई छ ।

१२ बर्षपछि जिल्लाका अधिर्कांस ग्रामिण बस्तीमा हिमपात हुदाँ सदरमुकाम बेनीबाट सवारीसाधनमा हिँउ खेल्न ठूलै समुह टोड्के पुग्यो। ‘टोड्केको हिउँमा रमाउन जानेका घुईचो थियो,‘हिमाली जिल्लामै पुगेर हिउँमा रमाएजस्तै भयो’ म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले भने । उनका अनुसार टोड्के जिल्लाकै पर्यटकीय गन्तब्यको रुपमा समेत चिनिएको बताउँदै यहाँसम्म आउने पदमार्ग र सडकलाई थप ब्यवस्थित बनाउनुपर्ने बताए ।

धौलागिरी सेन्चुरी पदमार्गको पहिचान गर्न समेत ब्यक्तिगत रुपमै निकै मेहनत गरेका शाक्यले टोड्केलाई पश्चिम म्याग्दी र राहुघाट क्षेत्रका पर्यटकीयस्थलमा जाने हब बनाउने प्रयास भइरहेको बताए । प्रसिद्ध मालिका मन्दिरमा जाने तथा सदरमुकाम बेनीबाट पदमार्गले मालिका, बिम हुदै धौलागिरी पदमार्गको रुपमा समेत विकास भइरहेको टोड्केले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न सक्ने टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यले बताए ।

उनले टोड्के प्यूठान जिल्लाको स्वर्गद्धारी आश्रमको शाखा समेत भएकाले धार्मिक पर्यटकका लागी समेत उत्तिकै सम्भावना भएको बताए । उनले ढकमक्क गुराँस फुलेर राताम्मे भएको बेलामा पर्यटन महोत्सव गरिएकाले पनि टोड्के चर्चामा आएको बताए । टोड्कका जंगलमा पाईन्े कालिज,बँदेल, मृग गाएतका बन्यजन्तु र चराचुरुङीको आवाजले समेत साँझपक फरक अनुभुती हुने बताए । टोड्केमा सदरमुकाम बेनीबाट विभिन्न पाँचवटा सवारीसाधन चल्ने रुट र बेनी हुलाकचोकबाट करिव ५ घण्टाको पैदलयात्रामा पुलाचौर, गाजने हुदै जंगलभित्रबाट यात्रा गर्न सकिन्छ ।