जनप्रिय माविले जित्यो जेआरसी कप

0

बेनी आवाशिय माविको जुनियर रेडक्रस सर्कलको आयोजनामा बेनीमा सञ्चालन भएको निमावी स्तरीय आठौं जुरेस कप फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दीको दरवाङस्थति जनप्रिय माविले जितेको छ । शनिबार बेनीको खुल्ला मञ्चमा भएको फाईनल खेलमा न्यु वेष्ट पोइन्ट आवासीय माविलाई ८ का विरुद्ध ९ गोल प्रहार गदै सदरमुकमा बाहिरबाट पहिलोपटक कपको उपाधी जित्दै जनप्रियले इतिहास रचेको हो ।निकै प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षले खेलको निर्धारित समयमा कुनै गोल गर्न सकेनन् ।

आसपासमा अग्ला डाँडामा सेताम्ये हिमपातसंगै म्याग्दी र कालिगण्डकी नदीको चिसो मौसमका बीच भएको फाइनल खेलको निर्धारित समयमै बराबरी खेलेका दुवै समुहले अतिरिक्त समयमा समेत आफ्नो पक्षमा नतिजा पार्न सफल नभएपछि पेनाल्टी सुटआउटमा वेष्ट पोइनलाई जनप्रियले पराजित गरेको थियोे । पेनाल्टी सुटआउटमै निकै प्रतिस्पर्धा भएपनि अन्तिम अवसरलाई वेष्ट पोइन्टका खेलाडीले सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनुपरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी जनप्रियका गोमेस रोका, गोल रक्षक जनप्रियका मिलन रोका,मिडफिल्डर वोइष्ट पोइष्टका अमृत तामाङ, डिफेन्डर बेनीका दिपक छन्त्याल, स्ट्राइगर वोइष्ट पोइष्टका सज्जन बराईली, राइजिङ प्लेयर बेनीका इश्वर बुढा, टिम कोच जनप्रियका आत्मराम सुबेदी, टिम व्यवस्थापन जनप्रियकै सौगात गुरुङ, सर्वाधिक गोलकर्तामा बेनीका अनुपम श्रेष्ठलाई उत्कृष्ट भएकोमा ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै अनुशासीत टिममा म्याग्दी एकेडेमी सिंगा भएको थियो ।

९ ए साइडको आधारमा सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समतिका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले किताबी ज्ञानले मात्र नभई अतिरिक्त कार्यक्रमले विद्यार्थीलाई शिक्षा क्षेत्रमा अगाडी बढ््न थप हौसला प्रदान गरेको बताए। उनले यस्ता विद्यालयमास्तरमा हुेन खेल प्रतियोगिताले विद्यार्थीलाई खेल क्षेत्रमा आर्कर्षित गर्ने समेत बताए । विद्यालयमा हुने प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने उनको भनाई थियो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले १८ हजार रुपैयाँ, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुने विद्यालयले १० हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र प्रदान गरिएको बेनी बोर्डिङ्गका खेल शिक्षक बिनोद घर्तिले जानकारी दिए । बिगत ८ बर्ष देखी विद्यालयमा रहेको युवा रेडक्रस सर्कललको आयोजनामा यो प्रतियोगिता गर्दै आएको छ । विद्यालयका अनुसार प्रतियोतिामा १४ विद्यालयले सहभागिता जनाएका थिए । जुरेस बेनी आवाशिय माविका अध्यक्ष विपिका बरुवालको अध्यक्षतामा सम्पन्न भएको थियो । जुरेस बेनी आवाशिय माविले विगत आठ वर्षदेखि आधारभुत स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।